Samacharpati
मंगलबार, माघ १४, २०७६
  • होमपेज
  • कास्की ‘प्याबसन स्पोर्टस मिट–२०७६’ मा फुटबलका खेलहरु जारी

कास्की ‘प्याबसन स्पोर्टस मिट–२०७६’ मा फुटबलका खेलहरु जारी

कास्की ‘प्याबसन स्पोर्टस मिट–२०७६’ मा फुटबलका खेलहरु जारी

पोखरा, २८ मंसिर । निजी विद्यालयहरुको छाता संस्था प्याबसन कास्कीले आयोजना गरेको ‘१६ औं प्याबसन स्पोर्टस मिट–२०७६’ मा सिनियर तथा जुनिएर छात्र तर्फ फुटबलका खेलहरु जारि रहेका छन । बालबालिकाको शिक्षामा थप उत्प्रेरणा जगाउन र राष्ट्रका लागि खेलाडी उत्पादन गर्न उद्धृश्यले आयोजित प्याबसन स्पोर्टस मिटमा शुक्रबार सिनियर छात्र तर्फ सम्पन्न खेलमा बेसलाइनले टाइब्रेकरमा निलगिरीलाई ६–५ गोल अन्तरले पाखा लगाएको छ । दुबै टिमले निर्धारित समयमा गोल गर्न नसक्दा खेल टाई ब्रेकरमा धकेलिएको थियो । यसै गरि सिनियर छात्र तर्फनै भएका खेलहरुमा शान्ती दिपले पारामाउन्टलाई ४–० ले पराजित गर्दा रेन्बो एकेडेमीले एक्स आर्मीलाई ५–१ गोलले पाखा लगायो भने मर्निङ स्टारले नेशनल इन्भेन्टिभलाई ३–१ र सरस्वती सेकेण्डेरीले तारा कुञ्जलाई ३–० गोल गर्दै बिजयी भयो । त्यसै गरि प्रगतीले ज्ञानुबाबालाई ७–० को भारि गोल अन्तरले हरायो ।

यता जुनियर छात्र तर्फ भएको खेलमा शान्ती दिपले तारापुञ्जलाई ५–० गोलले पराजित गरेको छ । शान्ती दिपका लागि सुदिप सुनारले ह्याट्रिक पुरा गरेका थिए । जुनयिर तर्फनै गुरुकुल, गोल्डेन फ्युचर, स्टेप बाई स्टेप, ज्ञानु बाबा, र भ्यू पोइन्टले आ–आफ्ना खेलहरु जितेका छन । शुक्रबार पोखरामा प्रतिकुल मौसमका कारण केही खेलहरु स्थगित भएका छन । स्थगित खेलहरु शनिबार बिहान गरिने प्याबसन कास्कीका सचिब विष्णु तिमिल्सिनाले बताएकाछन ।
प्रतियोगितामा फुटबल सिनियर तर्फ ६९ टिम, जुनियर तर्फ ५२ र सिनियर छात्रा तर्फ १७ टिमको सहभागिता रहेको छ । त्यसै गरि सिनियर छात्र भलिबलमा २४, छात्रा तर्फ १७, टेबुल टेनिस छात्र तर्फ ३९, छात्रा तर्फ २६ तथा एथलेटिक्स छात्रतर्फ ६३ र छात्रा तर्फ ४८ विद्यालयका खेलाडीहरुको सहभागिता रहने प्याबसन कास्कीका अध्यक्ष प्रेम प्रसाद शर्माले बताएका छन ।

एथलेटिक्स जुनियर र सिनयर तर्फ छात्रका १० वटा इभेन्ट र छात्रा तर्फ ८ वटा इभेन्ट हुनेछन । त्यसै गरि छात्र–छात्रा भलिबल, छात्र–छात्रा बास्केटबल, छात्र–छात्रा टेबुल टेनिस र एथलेटिक्सका खेलहरु भने पोखरा रंगशालमा यहि मंसिर ३० गते बाट हुने प्रतियोगिताका संयोजक मथुरा प्रसाद पौडेलले जानकारी दिएका छन । सबै खेलहरुका इभेन्टमा सबै भन्दा वढी अंक हासिल गर्ने विद्यालयलाई प्यावसन स्पोर्टस मिट रनिङ शिल्ड प्रदान गरिने छ । पोखरामा १० दिन सम्म निरन्तर चल्ने प्याबसन स्पोर्टस मिटमा दैनिक १० हजार भन्दा बढि विद्यार्थी अभिभावक र अन्य दर्शकहरुले अवलोकन गर्ने प्याबसन कास्कीका अध्यक्ष शर्माले बताएका छन । प्यावसन स्पोर्टस मिटको औपचारिक उद्घाटन भब्य कार्यक्रमका विच पुस १ गते पोखरा रंगशालामा हुनेछ ।

कुल १ सय २ विद्यालय आवद्ध रहेको प्यावसन कास्की अन्तरगतका विद्यालयमा ७५ हजार भन्दा वढी विद्यार्थीहरु अध्ययनरत छन भने ७ हजार ३ सय शिक्षक तथा कर्मचारीहरु कार्यरत रहेका छन । प्रतियोगिता सम्पन्न गर्न २५ लाख लाग्ने प्याबसन कास्कीले जानकारी दिएको छ । लेखनाथ भण्डारढिक स्थित आदर्श खेल मैदान, नेपाल आर्दश माबीको खेलामैदान, विष्णु पादुका खेल मैदान हेमजा र मझेरीपाटन स्थित शान्तीमाबीको खेल मैदानमा नक आउट चरणका खेलहरु शुरु गरिएको प्याबसन कास्कीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका