Samacharpati
बिहिबार, जेष्ठ १५, २०७७
  • होमपेज
  • कास्की ‘प्याबसन स्पोर्टस मिट–२०७६’ अन्तरगत फुटबलका खेलहरु शुरु

कास्की ‘प्याबसन स्पोर्टस मिट–२०७६’ अन्तरगत फुटबलका खेलहरु शुरु

कास्की ‘प्याबसन स्पोर्टस मिट–२०७६’ अन्तरगत फुटबलका खेलहरु शुरु

पोखरा, २६ मंसिर । निजी विद्यालयहरुको छाता संस्था प्याबसन कास्कीले आयोजना गरेको ‘१६ औं प्याबसन स्पोर्टस मिट–२०७६’ अन्र्तगत आज बाट फुटबलका खेलहरु संचालन भएका छन । लेखनाथ भण्डारढिक स्थित आदर्श खेल मैदान, नेपाल आर्दश माबीको खेलामैदान, विष्णु पादुका खेल मैदान हेमजा र मझेरीपाटन स्थित शान्तीमाबीको खेल मैदानमा नक आउट चरणका खेलहरु शुरु गरिएको प्याबसन कास्कीले जनाएको छ । जस अन्तरगत सिनियर छात्र तर्फ भएको खेलमा डायमण्डले बेथानीलाई १–० ले, बालोदयले कुमुदिनीलाई ४–१ ले, शिसु कल्याणले न्यू ऐरालाई ३–० ले, बाल प्रभातले अल्फालाई ३–० ले, कन्चनजंघा ईङलिस बोर्डिङ स्कुलले विद्या निकेतनलाई २–१ गोलले पराजित गरेका छन ।

यसै गरि सिनियर छात्र तर्फनै वेष्टपोक्ष्न्टले मनकामनालाई १–०ले, ढुङे साँघुले सूर्योदयलाई २–० ले, नवदिपले स्पाइरल ग्यालेक्सीलाई २–० गोल अन्तरले पराजित गर्दा यता गुडसेफरले तारा पुञ्जलाई ३–० गोलले पराजित गरेको छ भने शान्ती निकुञ्जले इडिएन्सलाई ५–० को भारि गोल अन्तरले पाखा लगायो ।
कक्षा १–५ सम्म अध्ययन गर्ने छात्र जुनियर फुटबल नकआउट तर्फ भएको खेलमा पिकेजी, बाल प्रभात, कुमुदिनी, तारापुञ्ज नेपाल आदर्श, ग्लोबल, बेथानी, धौलागिरी, फिसटेल र हिलपोइन्टले आ–आफ्ना खेलहरु जितेको प्याबसन कास्कीका सचिब विष्णु प्रसाद तिमिल्सिनाले जानकारी दिए ।

बालबालिको शिक्षामा थप उत्प्रेरणा जगाउन र राष्ट्रका लागि खेलाडी उत्पादन गर्न उद्धृश्यले आयोजित प्याबसन स्पोर्टस मिट फुटबल सिनियर तर्फ ६९ टिम, जुनियर तर्फ ५२ र सिनियर छात्रा तर्फ १७ टिमको सहभागिता रहेको छ । त्यसै गरि सिनियर छात्र भलिबलमा २४, छात्रा तर्फ १७, टेबुल टेनिस छात्र तर्फ ३९, छात्रा तर्फ २६ तथा एथलेटिक्स छात्रतर्फ ६३ र छात्रा तर्फ ४८ विद्यालयका खेलाडीहरुको सहभागिता रहने प्याबसन कास्कीका अध्यक्ष प्रेम प्रसाद शर्माले बताएका छन ।
एथलेटिक्स जुनियर र सिनयर तर्फ छात्रका १० वटा इभेन्ट र छात्रा तर्फ ८ वटा इभेन्ट हुनेछन । त्यसै गरि छात्र–छात्रा भलिबल, छात्र–छात्रा बास्केटबल, छात्र–छात्रा टेबुल टेनिस र एथलेटिक्सका खेलहरु भने पोखरा रंगशालमा आयोजना गरिने भएको प्रतियोगिताका संयोजक मथुरा प्रसाद पौडेलले जानकारी दिएका छन ।
सबै खेलहरुका इभेन्टमा सबै भन्दा वढी अंक हासिल गर्ने विद्यालयलाई प्यावसन स्पोर्टस मिट रनिङ शिल्ड प्रदान गरिने छ । दुई वर्ष अघि सम्पन्न १५ औं संस्करणमा टप्स माबीले रनिङ शिल्ड प्राप्त गरेको थियो ।

पोखरामा १० दिन सम्म निरन्तर चल्ने प्याबसन स्पोर्टस मिटमा दैनिक १० हजार भन्दा बढि विद्यार्थी अभिभावक र अन्य दर्शकहरुले अवलोकन गर्ने प्याबसन कास्कीका अध्यक्ष शर्माले बताएका छन । अध्यक्ष शर्माका अनुसार प्यावसन स्पोर्टस मिटको औपचारिक उद्घाटन पुस १ गते पोखरा रंगशालामा हुनेछ । कुल १ सय २ विद्यालय आवद्ध रहेको प्यावसन कास्की अन्तरगतका विद्यालयमा ७५ हजार भन्दा वढी विद्यार्थीहरु अध्ययनरत छन भने ७ हजार ३ सय शिक्षक तथा कर्मचारीहरु कार्यरत रहेका छन । प्रतियोगिता सम्पन्न गर्न २५ लाख लाग्ने आयोजकले जानकारी दिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका