Samacharpati
बुधबार, फाल्गुन ७, २०७६
  • होमपेज
  • धनगढीमा फर्निचर उद्योगमा आगलागी हुदाँ २५ लाखको क्षति

धनगढीमा फर्निचर उद्योगमा आगलागी हुदाँ २५ लाखको क्षति

  • रासस
  • बुधबार, मंसिर २५, २०७६
धनगढीमा फर्निचर उद्योगमा आगलागी हुदाँ  २५ लाखको क्षति

कैलाली, २५ मङ्सिर । धनगढी उपमहानगरपालिका–२ पुरानो भन्सार रोडस्थित वसन्तराज जोशीले सञ्चालन गरेको काठ फर्निचर उद्योगमा आगलागी भएको छ । गएराति १ः५० बजेको समयमा भएको आगलागीबाट जोशी फर्निचर उद्योगमा रहेको मेसिन र काठ पूर्णरुपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिनुभयो ।

विद्युत् सर्ट भएर भएको आगलागीबाट झण्डै रु २५ लाख मूल्य बराबरको क्षति भएको प्रहरी नायब उपरीक्षक बस्नेतले बताउनुभयो । नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, दमकल र स्थानीयवासीको सहयोगमा ३ः३० बजे आगो नियन्त्रणमा लिएको बताइएको छ । आगलागीबाट मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका