Samacharpati
आइतवार, असार २८, २०७७
  • होमपेज
  • काठमाडौँ तारकेश्वरमा महिला स्वास्थ्य स्वयसेविकाका लागि स्वास्थ्य जीवन बीमा

काठमाडौँ तारकेश्वरमा महिला स्वास्थ्य स्वयसेविकाका लागि स्वास्थ्य जीवन बीमा

  • रासस
  • सोमवार, मंसिर २३, २०७६
काठमाडौँ तारकेश्वरमा महिला स्वास्थ्य स्वयसेविकाका लागि स्वास्थ्य जीवन बीमा

काठमाडौँ, २३ मङ्सिर । तारकेश्वर नगरपालिकाले महिला स्वास्थ्य स्वयंसेविकालाई स्वास्थ्य र जीवन बीमा गर्ने भएको छ । नागरिकको स्वास्थ्यका लागि जुनसुकै अवस्थामा पनि स्वयंसेविका खटिनुपर्ने भएकाले उनीहरुलाई काम गर्न थप हौसला मिलोस् भन्ने उद्देश्यले स्वास्थ्य र जीवन बीमा गर्ने निर्णय गरिएको नगर स्वास्थ्य शाखाप्रमुख अरुणकुमार गिरीले बताउनुभयो ।

“बीमाले उपचारसँगै उनीहरुमा बचत गर्ने बानीको पनि विकास हुन्छ”, प्रमुख गिरीले भन्नुभयो । कार्यक्रमबाट नगरपालिकाका १४४ स्वयंसेविका लाभान्वित हुनेछन् । आर्थिक वर्ष २०७६÷७७ को नीति तथा कार्यक्रमअन्तर्गत नगरपालिकाले यस बीमाका लागि रु १० लाख विनियोजन गरी काम अघि बढाएको जनाएको छ ।

महिला स्वयंसेविका बिरामी हुँदा एक लाख बराबरको उपचार खर्च बीमाले गर्ने बताइएको छ । नगरपालिकाले ८० वर्षमाथिका ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षणका लागि घरदैलो स्वास्थ्य सेवा सञ्चालन गर्दै आइरहेको छ । यस कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै चालू आवमा सबै वडामा सञ्चालन गरिने जनाइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

Audio News

धेरै कमेन्ट गरिएका