Samacharpati
बिहीबार, चैत्र २०, २०७६
  • होमपेज
  • तेह्रौँ साग खेलमा ४५ स्वर्ण सहित नेपाल दोस्रो स्थानमा

तेह्रौँ साग खेलमा ४५ स्वर्ण सहित नेपाल दोस्रो स्थानमा

  • रासस
  • साेमबार, मंसिर २३, २०७६
तेह्रौँ साग  खेलमा ४५ स्वर्ण सहित नेपाल दोस्रो स्थानमा

काठमाडौँ, २३ मङ्सिर । तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग)मा नेपाल पदक तालिकामा दोस्रो स्थानमा रहेको छ । भारतले पदक तालिकामा पहिलो स्थान लिएको छ । आइतबारका खेल सकिँदासम्म भारतले १३१ स्वर्ण, ७७ रजत र ४० कास्यसहित कूल २४८ पदक जितेको छ । नेपाल ४५ स्वर्ण, ४४ रजत र ७५ कास्यसहित कूल १६४ पदक जितेको छ ।

यस्तै श्रीलङ्का ३४ स्वर्ण, ६६ रजत र ९३ कास्यसहित तेस्रो, पाकिस्तान २८ स्वर्ण, ३४ रजत र ४३ कास्यसहित चौथो, बङ्गलादेश आठ स्वर्ण, २८ रजत र ६६ कास्यसहित पाँचौँ, माल्दिभ्स एक स्वर्ण र दुई कास्य जित्दै छैटौँ तथा भूटान नौ कास्यसहित पदक तालिकाको अन्तिम स्थानमा छ । नेपालले आइतबार पौडी र जुडोमा एक एक स्वर्ण पदक जितेको हो ।

पौडीमा गौरिका सिंहले ४०० मिटर फ्रिस्टाइलमा भारतीय खेलाडीलाई हराउँदै स्वर्ण जितेकी हुन् । यस्तै जुडोमा देविका खड्काले ५२ किलो तौल समूहमा स्वर्ण जितेकी हुन् ।

साग पदक तालिका 

देश                स्वर्ण   कास्य       रजत     जम्मा

भारत            १३१     ७७          ४०   २४८

नेपाल            ४५     ४४           ७५   १६४

श्रीलङ्का          ३४    ६६            ९३   १९३

पाकिस्तान     २८    ३४            ४३  १०५

बङ्गलादेश      ८    २८             ६६     १०२

माल्दिभ्स      १ ०  २ ३

भूटान          ०       ०            ९         ९

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

सम्बन्धित खवर

धेरै कमेन्ट गरिएका