Samacharpati
मङ्लबार, असार २३, २०७७
  • होमपेज
  • राष्ट्रिय समाचार समितिका महाप्रबन्धक शर्मा चीन प्रस्थान

राष्ट्रिय समाचार समितिका महाप्रबन्धक शर्मा चीन प्रस्थान

  • रासस
  • आइतवार, मंसिर २२, २०७६
राष्ट्रिय समाचार समितिका महाप्रबन्धक शर्मा चीन प्रस्थान

काठमाडौँ, २२ मङ्सिर । राष्ट्रिय समाचार समितिका महाप्रबन्धक ओपेन्द्र शर्मा यही मङ्सिर २३ गतेदेखि चीनको राजधानी बेइजिङमा आयोजना हुने वरिष्ठ सञ्चारकर्मीहरूको बैठकमा सहभागी हुन आज अपराह्न त्यसतर्फ प्रस्थान गर्नुभएको छ ।

बेइजिङ मिडिया नेटवर्क र अल चाइना जर्नलिस्टस एशोशिएशनले चाइना पब्लिक डिप्लोमेसीलगायत संस्थासँगको साझेदारीमा आयोजना गरेको उक्त बैठकमा ब्राजिल, क्युबा, इथियोपिया, इरान, जापान, रुसी महासङ्घ, युक्रेन, टर्की, गणतन्त्र लाओ र भियतनामका समाचार समिति तथा मूलधारका सञ्चारमाध्यमका प्रमुख सहभागी हुने कार्यक्रम छ ।

चीनले विश्वका विभिन्न राष्ट्रसँग सञ्चारक्षेत्रका माध्यमबाट पारस्परिक लाभ र हित प्रवद्र्धनका निम्ति उक्त बैठक आयोजना गरेको बताएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका