Samacharpati
बुधबार, माघ १५, २०७६
  • होमपेज
  • लैङ्गिक हिंसाविरुद्धको वर्ष कार्यान्वयन गर्न कार्ययोजना

लैङ्गिक हिंसाविरुद्धको वर्ष कार्यान्वयन गर्न कार्ययोजना

  • रासस
  • आइतबार, मंसिर २२, २०७६
लैङ्गिक हिंसाविरुद्धको वर्ष कार्यान्वयन गर्न  कार्ययोजना

काठमाडौँ, २२ मङ्सिर । उपप्रधानमन्त्री ईश्वर पोखरेलले महिला हिंसा अन्त्यका लागि नीति र कार्यक्रम निर्माणसँगै त्यसलाई कार्यान्वयन गर्ने कुरा महत्वपूर्ण भएको बताउनुभएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले लैङ्गिक हिंसाविरुद्धको वर्ष २०७६÷७७ को अभियानअन्तर्गत आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले सरकारले बनाएका कार्यक्रम स्थानीयस्तरसम्म पुर्याउनुपर्नेमा जोड दिनुभयो । लैङ्गिकताका आधारमा भइरहेका विभेद हटाएर सम्मानपूर्ण रुपले बाँच्न पाउने अधिकार सुनिश्चित गर्न सरकार क्रियाशील भएको उहाँको भनाइ थियो । “लैङ्कि हिंसा पूर्ण रुपले हटाउन ऐन, नियमावली र कार्यविधि बनाएर अघि बढ्नुपर्छ ।

सरकार समाजमा रहेका सबै खालका विभेद हटाएर सबै वर्ग, जाति र क्षेत्रलाई सम्मानपूर्ण रुपले बाँच्न पाउने वातावरण बनाउन लागिपरेको छ”, रक्षामन्त्रीले भन्नुभयो । लैङ्गिक हिंसा जोकसैले गरे पनि त्यसको भत्र्सना गर्नुपर्ने मन्त्री पोखरेलले बताउनुभयो । पीडितलाई संरक्षण र उद्धारका लागि सरकार प्रतिबद्ध रहेको बताउँदै उहाँले औपचारिक र प्रायोजित कार्यक्रमले मात्रै हिंसा न्यूनीकरण नहुने स्पष्ट गर्नुभयो । सो अवसरमा महिलामन्त्री पार्वत गुरुङले लैङ्गिक हिंसाविरुद्धको वर्ष कार्यान्वयन गर्न सरकारले कार्ययोजना बनाएको बताउनुभयो । मन्त्रालयले सबै प्रदेशमा कार्यक्रम आयोजना गरिरहेको उहाँको भनाइ छ ।

मन्त्रालयले मर्यादित महिनावारी नीतिको मस्यौदा तयार गरेको बताउँदै उहाँले भन्नुभयो, “आगामी वर्षदेखि मर्यादित महिनावारी दिवस मनाउने योजना रहेको छ ।” मन्त्रालयका सचिव चन्द्रप्रसाद घिमिरेले हिंसा न्यूनीकरणका लागि घरघरबाट र समुदायस्तरबाटै अभियान शुरु गर्न आवश्यक रहेको बताउनुभयो । अधिकारका क्षेत्रमा कार्यरत राधा पौडेलले मर्यादित महिनावारी नीति कार्यान्वयन गर्नुपर्ने र छाउप्रथा पूर्णरुपले अन्त्य गर्नुपर्ने औँल्याउनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका