Samacharpati
बुधबार, माघ १५, २०७६
  • होमपेज
  • पाँच किलोग्राम चरेससहित बागलुङ निसीखोलाबाट मामा–भान्जी पक्राउ

पाँच किलोग्राम चरेससहित बागलुङ निसीखोलाबाट मामा–भान्जी पक्राउ

  • रासस
  • आइतबार, मंसिर २२, २०७६
पाँच किलोग्राम चरेससहित बागलुङ निसीखोलाबाट मामा–भान्जी पक्राउ

गलकोट, २२ मङ्सिर  । बागलुङ जिल्लाको निसीखोला गाउँपालिकामा पाँच किलोग्राम चरेससहित दुई जना पक्राउ परेका छन् । गाउँपालिका–६ निसीसिपका ३० वर्षीया भागिमला बुढा र उनका मामा पर्ने स्थानीयवासी २५ वर्षीय रामबहादुर साउथोकीलाई शनिबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक सुरज खड्काका अनुसार मामा–भान्जीबीच चरेस खरीद बिक्री भइरहेको भन्ने गोप्य सूचनाका आधारमा पक्राउ गरिएको जानकारी दिनुभयो ।

दुवैलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बागलुङ पठाइएको प्रहरी निरीक्षक खड्काले जानकारी दिनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका