Samacharpati
बुधबार, माघ १५, २०७६
  • होमपेज
  • बाजुरामा अध्यक्ष शाहीद्वारा अलपत्र बालबालिकाको उद्धार

बाजुरामा अध्यक्ष शाहीद्वारा अलपत्र बालबालिकाको उद्धार

  • रासस
  • आइतबार, मंसिर २२, २०७६
बाजुरामा अध्यक्ष शाहीद्वारा अलपत्र बालबालिकाको उद्धार

बाजुरा, २२ मङ्सिर  । जनप्रतिनिधिले विकास निर्माणमा मात्र होइन, मानवीय सेवामा तल्लीन हुनुपर्दछ । जिल्लाको स्वामिकार्तिक गाँउपालिका अध्यक्ष चिरञ्जीवी शाही गर्नुभएको मानवीय सेवा अन्यका लागि नमूना बनेको छ । अध्यक्ष शाहीले गाँउपालिका–१ साप्पाटामा आमाको मृत्युपछि अलपत्र बनेका तीन वर्षीय बालक देवदत्त लुवार र ट महिनाकी वसन्ती लुवारलाई संरक्षणको व्यवस्था मिलाउनुभएको छ ।

उहाँ आफैँ ती बालबालिकालाई लिएर एसओएस बालग्राम धनगढीमा पुग्नुभएको सामाजिक अभियन्ता प्रकाश सिंहले जानकारी दिनुभयो । “बालबालिकाको पालनपोषण र शिक्षादिक्षाको एसओएसले जिम्मा लिने भनेपछि मात्र आफूले बालबालिका लिएर गएको हुँ”, अध्यक्ष शाहीले भन्नुभयो । बालग्राम धनगढीका प्रमुख पदम हमालले पालनपोषण र शिक्षालगायत सम्पूर्णको जिम्मा लिने जानकारी दिनुभयो ।

बालग्राममा पत्रकार महासङ्घ बाजुरा शाखाका अध्यक्ष प्रकाश सिंह, स्वामीकार्तिक गाउँपालिका सूचना अधिकारी कुँवेर शाही, नागरिक समाजका अध्यक्ष जनेश भण्डारीको सहभागिता थियो । ती दुवै बालबालिका कुपोषित रहेका छन् । बालबालिकाका आमा बच्ची लुवारको गत साउनमा अकस्मात मृत्यु भएको थियो । ५१ वर्षीयँ हजुरआमा सुकी लुवारको भरमा नाबालक बालबालिका रहेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका