Samacharpati
बुधबार, फाल्गुन ७, २०७६
  • होमपेज
  • फेवा वेगनास चौतारीको रक्तदानमा ४५ युनिट रगत संकलन

फेवा वेगनास चौतारीको रक्तदानमा ४५ युनिट रगत संकलन

फेवा वेगनास चौतारीको रक्तदानमा ४५ युनिट रगत संकलन

पोखरा २१ मंसिर । लायन्स क्लब अफ पोखरा फेवा वेगनास चौतारीले शनिबार आयोजना गरेको रक्तदान कार्यक्रममा ४५ युनिट रगत संकलन भएको छ । पोखराको नागढुङ्गामा आयोजना गरिएको रक्तदान कार्यक्रमको उद्घाटन लायन्स क्लब अफ डिष्ट्रिक ३२५ बि वान नेपालका पूर्व गर्भनर समेत रहेका एफडब्लुसी एमडी कोर्डिनेटर धुव्रबहादुर थापाले गरेका थिए । उनले फेवा वेगनास चौतारीले रक्तदान कार्यक्रमको आयोजना गरेर सामाजिक उत्तरदायित्व निभाएको भन्दै आगामी दिनमा पनि सामाजिक कार्यमा क्रियाशिलता बढाउन आग्रह गरे ।

लायन्स क्लब अफ पोखरा फेवा वेगनास चौतारीका अध्यक्ष टंक प्रसाद ढकालको अध्यक्षतामा भएको रक्तदान कार्यक्रममा लायन्स क्लब अफ डिष्ट्रिक ३२५ बि वान नेपालका पिआरओ मोतिराज तिमिल्सीना, पोखरा फेवा वेगनास चौतारीका संस्थापक अध्यक्ष एवं डिष्ट्रिक ३२५ बि वान नेपालका भोकेसनल डिर्पाटमेन्ट अफिसर सन्तोष घिमिरे, रक्त सञ्चारगृह पोखराका प्रमुख धुव्रमणी लामिछाने, ब्लड डोनेसन डिर्पाटमेन्ट अफिसर जीवन ढुंगाना, इसामे फोरम कमिटि चियरपर्सन जित बहादुर थापा गोपाल, रिजन चियर पर्सन सुर्यमणी बराल, जोन चियर पर्सन शान्तादेवी भण्डारी थापा, मधुसुधन कोइराला, डिष्ट्रिक कमिटि मेम्बर राजकुमारी थापा, लायन्स क्लब अफ पोखरा फेवा वेगनास चौतारीका सचिव कृष्ण प्रसाद आचार्य आदीले बोलेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका