Samacharpati
बुधबार, माघ १५, २०७६
  • होमपेज
  • आर्चरीमा नेपाल फाइनलमा एक कास्य पदक प्राप्त, ४ कास्य पदकको लागि नेपाल प्रतिष्प्रर्धा गर्ने

आर्चरीमा नेपाल फाइनलमा एक कास्य पदक प्राप्त, ४ कास्य पदकको लागि नेपाल प्रतिष्प्रर्धा गर्ने

आर्चरीमा  नेपाल फाइनलमा एक कास्य पदक प्राप्त, ४ कास्य पदकको लागि नेपाल प्रतिष्प्रर्धा गर्ने

पोखरा, २१ मंसिर  ।  १३ औं दक्षिण एशियाली खेलकुद (साग) अन्र्तगत पोखरामा भएको आर्चरी खेलमा नेपालले कम्तिमा एक रजत पदक जित्ने पक्का भएको छ । १० वटा स्वर्ण पदकको लागि जारी उक्त प्रतिष्प्रर्धामा नेपालले कम्पाउण्ड (५० मिटर) मिक्स तर्फ फाइनलमा प्रबेस गरेसंगै रजत पदक पक्का गरेको हो ।
त्यसै गरी ५ वटा विभिन्न इभेण्टमा कास्य पदकको लागि नेपालले भोलि (आइतबार) प्रतिष्प्रर्धा गर्ने भएको छ । कम्पाउण्ड मिक्स टिममा नेपालले बंगलादेशसंग सामना गर्ने भएको छ । नेपालले श्रीलंकालाई १ सय ३७ अंकका बिरुद्ध १ सय ४३ अंक ल्याउदा सेमिफाइनलमा स्थान बनाएको हो । उक्त इभेण्टमा भुटान सहभागि नभए पछि बंगलादेश भने सिधै वाई पाएर फाइनलमा यात्रा बनाएको हो । नेपाली टिममा इमायुङग् राई र शान्तह् मल्ल रहेका छन् भने श्रीलंकामा एन्थन पोला सेन्जेवा र थाक्सिला दमाएन्ती रहेका थिए ।

त्यसै गरी बंगलादेशका सुस्मिता बनिक र एमडी सोहिल राना कम्पाउण्ड मिक्स टिममा रहेकाछन्। उक्त इभेण्टमा भुटान सहभागि नहुदा श्रीलंकाले सहजै कास्य पदक हात पार्न सफल भयो । त्यसै गरी नेपाल रिकर्भ पुरुष तर्फको इभेण्टमा कास्य पदकको लागि भुटानसंग प्रतिष्प्रर्धा गर्ने भएको छ । नेपाली टिममा तिकल पुन मगर, रोसन नगरकोटी र अशिम शेरचन रहेकाछन्। उक्त बिधाको स्वर्ण पदकाको लागि बंगलादेश र श्रीलंका बिच खेल हुने भएको छ । बंगलादेशको टिममा विश्व कै नम्बर १० भित्र पर्ने तथा ओलम्पिकमा छनौट समेत भएका साना एमडी रुमन, इस्लिाम महमत तामीमुल र रुवेल महमत हकिम अहमत सहभागि भएकाछन्। श्रीलंकाको टिममा भने दल पटादु रभिन कभिसा, डे शिल्वा महमदाच्चि सजिभ र हेरथ पिया सेनागे सन्दुन कुमारा सहभागि भएकाछन्।

रिकर्भ महिला तर्फको टिममा पनि नेपालले कास्य पदकको लागि भुटान बिच खेल हुने भएको छ । नेपालको टिममा ज्ञानु अवाले, मित्र राई र आयुसा तामाङ रहेकाछन भने भुटानको टिममा ओलम्पिकमा छनौट भएकी खेलाडी कर्मा, डेकि सुनाम र डेमा सोनाम रहेकाछन्। उक्त बिधाको स्वर्ण पदकको लागि बंगलादेशका खातुन एमएसटी इटिवाई, मोनेरा महनाज अक्तेर र रे व्यूटि रहेकाछन भने श्रीलंकाको टिममा शिल्भा थिसारी मधुसिका, तयावल्लि रिहाना र वाक दुगे मल्सा दिल्हानी रहेकाछन्। रिकर्भ मिक्स टिम तर्फ पनि नेपालले कास्य पदकको लागि प्रतिष्प्रर्धा गर्ने भएको हो । नेपाली टिममा आइषा तामाङ, रोशन नगरकोटी श्रीलंकाको तर्फबाट डे सिल्भा महमदाच्चि सजिव र तयावल्लि रिहाना रहेकाछन्। उक्त बिधकाको स्वर्ण पदकको लागि बंगलादेशका खातुन एमएस्टी इटीवाई, साना एमडी रुमन संग भुटानका देमासोनाम र छिरिङ किन्ले बिच फाइनल खेलमा प्रतिष्प्रर्ध हुने भएको छ ।

त्यस्तै कम्माउण्ड पुरुष तर्फको खेलमा नेपालले कास्य पदकको लागि श्रीलंकासंग सामना गर्ने भएको छ । नेपालको टिममा मिन प्रसाद गौचन, सन्त मल्ल र योगेन्द्र शेरचन रहेकाछन्। श्रीलंकाको टिममा अथन पोला संजिव वसन्त कुमार, पेरेरा कुरुकुला एराच्चिङगे उदय आइएनडी र विरासिंघे कनिस्कार गाएन रहेकाछन्। उक्त बिधाको स्वर्ण पदकको लागि बंगला देश र भुटान बिच खेल हुने भएको हो । बंगलादेशको टिममा असिकुज्जमान महमद, दास असिम कुमार र राना एमडी सोहेल रहेकाछन्। भुटानको टिममा वाङग्डि फुन्टशो, दोर्जी ताण्डिङ र सेराव कर्मा रहेकाछन्। त्यसै गरी नेपालले कम्पाउण्ड महिला तर्फ कास्य पदक हात पार्न सफल भएको छ । उक्त इभेन्टमा भुटान सहभागि नभए पछि नेपालले सिधै वाई पाएर कास्य पदक हात पार्न सफल भएको हो । नेपालको टिममा मोनिका राना मगर, मन्जु बजगाई र इमायुङ राई रहेकाछन्। उत्तः बिधाको स्वर्ण पदकको लागि बंगलादेश र श्रीलंका भिड्ने भएकाछन्। बंगलादेशको टिममा वानिक सुस्मिता, विश्वास सुमा र रे समोलि रहेकाछन भने श्रीलंकाको टिममा करुनारन्ते अनुराधा, सालिका हर्सानि र थाक्सिला दमयान्थि रहेकाछन्।

एकल कम्पाउण्ड पुरुष तर्फ स्वर्ण पदकको लागि भुटानका दोर्जी ताण्दिन र बंगलादेशका राना एम डी सोहेल बिच प्रतिष्प्रर्धा हुने भएको छ । सोहि इभेन्टको महिला तर्फ श्रीलंकाका करुनारन्ते अनुराधाले स्वर्ण पदकको लागि बंगलादेशका विश्वास सुमासंग भिड्ने भएका हुन्। एकल पुरुष रिकर्भ तर्फ स्वर्ण पदकको लागि बंगलादेशका साना एमडी रुमान र भुटानका छिरिङ किन्ले बिच फाइनल प्रतिस्प्रर्धा हुने भएको छ । सोहि इभेन्टको महिला तर्फ बंगलादेशकी खातुन एमएसटीवाई र भुटानकी डेमा सोनाम बिच फाइनल खेलमा प्रतिष्प्रर्धा हुने भएको छ । नेपाल सहित ४ देश बिच शुक्रबार भएको रिकर्भ (७० मिटर) र कम्पाउण्ड (५० मिटर), एकल तर्फको प्रतिस्प्रर्धामा नेपालले कमजोर प्रर्दशन गरेसंगै दोश्रो दिनको खेलमा पनि खासै सुधार हुन सकेन । आर्चरीका राष्ट्रिय खेलाडी योगेन्द्र शेरचनका अनुसार नेपालको खेमला केही सुधार भए पनि श्रीलंका, बंगलादेश र भुटानले धेरै सुधार गरेको बताए । अन्य देशले विदेशी प्रशिक्षक राखेकाछन भने नेपालको प्रशिक्षक समेत विदेशी नै आवश्यक भएको केही खेलाडीहरुले आवश्यकताको महशुस गरेका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका