Samacharpati
शुक्रबार, जेष्ठ १६, २०७७

जनताको हुलाक कहिले हुने !

जनताको हुलाक कहिले हुने !

प्रकाश भण्डारी ”बिवेक”
गैँडाकोट २ नवलपुर
अबको हुलाक सेवा: सेवामा विविधता र प्रतिस्प्रर्धा भन्ने नारा सहित अक्टोबर ढ मा गोश्वारा हुलाकले विश्व हुलाक दिवस धुमधाम सँग मनायो। विश्वको बदलिँदो परिवेश अनुसार नेपालको हुलाक सेवा कछुवाको गतिमा अगाडि बढेको छ भन्दा अत्युक्ति नहोला। हुलाकबाट सेवा लिने सेवाग्राहीहरूले पक्कै मनन गर्नुभएकै होला। नेपालको हुलाक सेवाको अवस्था कस्तो छ। गोश्वारा हुलाकबाट सेवा लिने क्रममा पाएका सास्तीहरू र समयमा पत्र नपुगेको तथा महत्वपूर्ण कागजात हराएको भन्ने पीडित मार्फत बारम्बार समाचार छापामा नआएका होईनन। तर ति बारम्बार दोहोरिने समाचारले खासै चर्चा पाउँदैन र बिस्तारै समयको अन्तरालसँगै घटना सेलाउँछ। घटना सामसुम पारिन्छ। विश्व परिवेश सँगै नेपालको हुलाक सेवालाई व्यवस्थित गर्न नसकिएको हो वा कर्मचारीको ढिलासुस्ती र गैरजिम्मेवारीपूर्ण कार्यले गर्दा आम नेपालीको हुलाकप्रति बितृष्णा जागेको हो त्यो त कि सेवा दिने हुलाक सेवालाई थाहा होला कि त सेवा लिने तथा सेवा विमुख सेवाग्राहीलाई नै। यस्तै हुलाक सेवाबाट भएको लापरवाही र ढिलासुस्तीले गर्दा पीडित हुन पुगेको सेवाग्राही मध्येको म पनि एक पात्र हुँ।

घटना मंसिर महिनाको हो। गैँडाकोट हुलाक कार्यालय नवलपुरबाट मंसिर महिनाको ज्ञज्ञ गते अत्यन्त जरूरी कागजात सहितको पत्र रजिष्ट्री गरेर काठमाडौँका लागी प्रेषित गरेको थिएँ। ढिलोमा आईतबार काठमाडौँ पत्र पुग्ने कर्मचारीको आश्वासन बमोजिम पत्र प्राईभेट कुरियर कम्पनीको प्रयोग नगरी सरकारी मातहतको हुलाकसेवा बाटै प्रेषित गरिएको थियो। उक्त पत्रलाई चितवन हुलाकले मंसिर १५ गते प्राप्त गरेको भनि कम्प्युटरमा चढायो। मंसिर १५ गते नै दिउसो द्दस्ज्ञछ मा चितवन हुलाकबाट काठमाडौँका लागी डाँक हिँडेको भनी पुन कम्प्युटरमा अपडेट गरियो तर मंसिर १ढ गते बिहिबार दिउसो ज्ञद्दस्ण्ण् बजेसम्म मा उक्त पत्र बेवारिसे अवस्थामै रहिरह्यो।ट्र्याकिङ्ग नम्बरबाट दिनहुँ पटक पटक चेक गर्दा पनि चितवनबाट हिँडेको र मुख्य कार्यालय डिल्लीबजार नपुगेको सुचना उक्त नम्बरले बताउँथ्यो। कार्यालयमा सोमबार देखि पटक पटक सम्पर्क गरेर पत्र जरूरी रहेको र महत्वपूर्ण कागजात रहेकोले त्यसको अवस्थाबारे जानकारी पाउँ भन्दै कार्यालयको फोनमा बारम्बार सम्पर्क गरेँ।तपाईको पत्र भेटिएको छैन भन्दै तत्काल जवाफ पाउथेँ तर पत्रको जरूरी र समय घर्किसकेकोले मन पोलिरह्यो।

पत्र मंसिर ज्ञछ गते चितवनबाट काठमाडौँ हिडिसकेकोले आईतबार पुग्ने आस थियो। सोही बमोजिम एकजना साथीलाई गोश्वारा हुलाक कार्यालय डिल्लीबजारमा उक्त पत्र बुझ्न पठाएँ। कम्प्युटरमा ईन्ट्री देखिए पनि उक्त पत्र अन्यपत्रको चङ्गुलमा फस्यो वा लापरवाहीले कतै घुस्यो सो दिनभर पनि उक्त पत्र भेटिएन र रित्तै हात कोठा फर्किनुभयो।कार्यालयबाट एक जना कर्मचारीले पत्र खोज्नका लागी अर्को कार्यालयको साथीलाई सम्पर्क गर्नुस भन्दै मोवाईल नम्बर टिपाए पश्चात उहाँलाई तीन दिन देखि सम्पर्क गरेर कसरी हुन्छ मेरो पत्रको बारेमा जानकारी दिनु भन्दै बारम्बार सम्पर्क गरिरहेँ। तर उहाँबाट पनि तपाईको पत्र हालसम्म फेला नपरेको र खोजि जारीरहेको खबर आयो। पत्र मंसिर १९ गते काठमाडौँको एउटा सरकारी कार्यालयमा दर्ता हुनुपर्ने अन्तिम म्याद थियो।तर उक्त पत्र समयमा फेला पर्न सकेन। बारम्बार मुख्य कार्यालयमा सम्पर्क गर्दा पत्रको बारेमा चित्तबुझ्दो खबर नपाएकोले कार्यालयको प्रमुखको नम्बर दिनुस भनेर कार्यालयमा अनुनय गर्दा नम्बर प्राप्त गरेकोले तत्कालै मैले उहाँलाई सम्पर्क गरेँ।एकजना महिला कर्मचारीले फोन उठाउनुभयो र मेरो प्रश्नको प्रतिउत्तरमा तपाईँको पत्रको ट्र्याकिङ्ग नम्बर दिनुस भने बमोजिम नम्बर प्रदान गरेँ।उहाँले कम्प्युटरमा चेक गरेपछिको जवाफमा पनि केहि अन्तर थिएन। यानि कि उहाँले भन्नुभयो तपाईको पत्र हालसम्म फेला परेको छैन र म बुझ्न लगाउँला भन्दै उहाँबाट न्याय पाउने कुरा पनि त्यतिमै सिमित रह्यो।

समय घर्किसकेको थियो। पत्र कुनबेला प्राप्त हुन्छ वा हुँदैन भन्ने अन्यौलतामा आफ्नो कार्यालयको काममा समेत हात लागेको थिएन। अन्ततस् दिउसो पत्र खोज्ने कर्मचारीले तपाईँको पत्र भेटियो। यहाँ कतै अन्य पत्रसँगै रहेछ भन्दै सम्पर्क गर्नुभयो। तर पत्र हराउनु र भेटिनुले मेरो मनमा कुनै खुशी पलाएन। किनकी उक्त पत्र समयमै दर्ता गर्न नपाउँदा मन बेचैन थियो। अब त्यो पत्र बुझ्न पठाउँ या नपठाउँ अन्यौलमा छु। सरकारी निकाय अन्तर्गतको हुलाकको काम र सेवा प्रवाह प्रति बितृष्णा जागेर आयो। एक दिनमै चितवनबाट काठमाडौँ पुग्ने सुगमर शहरको डाँक सेवाले बोकेको चिठीपत्र ५ दिन सम्म पनि कार्यालयबाट प्राप्त गर्न नसक्नु, कार्यालयमा नभेटिनु, पत्रको जरूरीका आधारमा सर्टिङ्ग नगरिनु कर्मचारीको लापरवाही हो या बेवास्ता। यसमा हुलाक कार्यालय अलि बढी जिम्मेबार हुनु पर्ने देखिन्छ।

नेपालका दुर दराजबाट पठाएका कैयौँ पत्र हुन्छन। ति कति महत्वपूर्ण र जरूरी हुन्छन सायद कर्मचारीलाई हेक्का हुनुपर्ने हो। रजिष्ट्री गरिएको, जरूरी पत्र भनि उल्लेख गरिएका पत्र पनि अन्य साधारण पत्र जस्तै बेवास्ता गरिनु पक्कै पनि दुस्खको कुरा हो। अबका दिनमा सरकारी हुलाक सेवाले कछुवाको तालमा सेवा प्रदान गरेर जनताको मन जित्न मुस्किल पर्नेछ। प्रविधिले फड्को मारेको युगमा हुलाकबाट प्रेषित गरिएका पत्र समयमा फेला नपर्नु, समयमा कागजात नपुग्नुले आम जनताले हुलाकको कछुवाको गतिमा अगाडि बढेको सेवा प्रति कसरी ? विश्वास गर्ने !

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका