Samacharpati
आइतबार, मंसिर २२, २०७६
  • होमपेज
  • १३औँ साग :२८ स्वर्ण पदकसहित नेपाल शीर्ष स्थानमै

१३औँ साग :२८ स्वर्ण पदकसहित नेपाल शीर्ष स्थानमै

१३औँ साग

१३औँ साग :२८ स्वर्ण पदकसहित नेपाल शीर्ष स्थानमै

गत आइतबारदेखि औपचारिक रुपमा सुरु भएको १३औँ दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले अहिलेसम्म २८ वटा स्वर्ण पदक जितिसकेको छ।

नेपाली खेलाडी संगिता बस्यालले तेक्वान्दोलमा स्वर्ण पदक जितेकी छन् । महिला ६२ किलोमुनिको प्रतिस्पर्धामा भारतीय खेलाडी गगन ज्योतगिललाई १९–८ ले पराजित गर्दै संगिताले स्वर्ण जितेकी हुन् ।

नेपालका लागि बुधबार कराँतेमा अनुपमा मगरले स्वर्ण पदक जितिन्। कराँते कुमुतेको ६८ केजी तौल समूहमा अनुपमा मगरले पाकिस्तानी खेलाडी नगर्सिलाई ६-३ ले हराउँदै बुधबार स्वर्ण पदक जितेकी हुन्। त्यसैगरि उसुको पुरुष थाउलोतर्फ दीपक हमालले स्वर्ण पदक जितेका छन्। कराँतेमा नेपालको स्वर्ण पदक संख्या १० पुगेको छ । कराँतेमा नेपाल अहिले सम्म कुनै पनि इभेन्टमा पदकविहीन हुनु परेको छैन।

नेपालले साइक्लिङको पुरुष-महिला दुवै इभेन्टमा स्वर्ण पदक जित्न सफल भएको छ। डाउनहिल साइक्लिङमा नेपालले दुईजटा स्वर्ण पदक जितेको छ। गोकर्णस्थित सहिद पार्कमा बुधबार डाउनहिलतर्फ नेपालले दुईवटा स्वर्ण पदक जितेको हो। पुरुष इभेन्टतर्फ नेपालका राजेश मगर र महिला इभेन्टतर्फ निश्मा श्रेष्ठले स्वर्ण पदक जितेका हुन्। राजेशले १ किलोमिटरको दुरी १ मिनेट ४९. ३३३ सेकेण्डमा पुरा गरे। यस इभेन्टको रजत र कास्य पदक पनि नेपालकै निरभ श्रेष्ठ र प्राचित थापाले जितेका छन्। निरभले १ मिनेट ५०. ०८० सेकेण्डको समय निकाल्दै रजत जिते भने प्राचितले १ मिनेट ५१. ६६१ सेकेण्डको समय निकालेर रजत जिते। महिला इभेन्टतर्फ निश्माले २ मिनेट २२. ४५१ सेकेण्डको समय निकालेर स्वर्ण पदक पक्का गरिन्। महिलातर्फ नेपालकै जमुना थापाले २ मिनेट ४१. ५५१ सेकेण्डको समय निकाले रजत पदक जितिन्। भारतकी यशोधारा मधुकरले ३ मिनेट ३७. २३८ सेकेण्डको समय निकालेर कास्य पदक पक्का गरिन्।

नेपालले जितेका पदक स्वर्ण पदक

१. कराँते (एकल काता) मण्डेकाजी श्रेष्ठ

२. कराँते (टिम काता, पुरुष) मण्डेकाजी श्रेष्ठ, महसुस तामाङ, प्रविण मानन्धर

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका