Samacharpati
बुधबार, चैत्र २६, २०७६
  • होमपेज
  • पाल्पामा प्राविधिक शिक्षा सञ्चालन गर्न महायज्ञ सञ्चालन

पाल्पामा प्राविधिक शिक्षा सञ्चालन गर्न महायज्ञ सञ्चालन

  • रासस
  • मङ्लबार, मंसिर १७, २०७६
पाल्पामा प्राविधिक शिक्षा सञ्चालन गर्न महायज्ञ सञ्चालन

बेझाड, १७ मङ्सिर । पाल्पामै पहिलो पटक प्राविधिक शिक्षातर्फ अटोमोबाइल्स शिक्षा सञ्चालनका लागि तिनाउ माविमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सञ्चालन भएको छ । तिनाउ गाउँपालिका–३ झुम्सामा गत मङ्सिर ११ गतेदेखि सञ्चालन भएको महायज्ञमा हालसम्म रु एक करोड बढीको दान सङ्कलन भएको प्रधानाध्यापक झवीन्द्र ज्ञवालीले जानकारी दिनुभएको छ । सांसद सोमप्रसाद पाण्डेले आगामी आर्थिक वर्ष रु ३० लाख बजेट विनियोजन गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

त्यस्तै प्रदेश नं ५ का सामाजिक विकासमन्त्री सुदर्शन बराल, प्रदेशसभा सदस्य डा पुरनमान बज्राचार्य र तुलाराम घर्तीमगरले प्रदेश सरकारबाट भवन निर्माणका लागि रु एक करोड २८ लाख उपलब्ध गराउने प्रतिबद्धता गर्नुभएको छ । तिनाऊ गाउँपालिकाले यो वर्ष र आगामी वर्ष गरी रु एक करोड १८ लाख बजेट भवन निर्माणका लागि विद्यालयलाई उपलब्ध गराउने घोषणा गरेको छ । प्राविधिक शिक्षातर्फ १८ महिने अटोमोबाइल्स शिक्षा सञ्चालन गर्न रु सात करोड ४१ लाख बराबरको भौतिक संरचना निर्माण गर्न विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भइसकेको छ ।

यही मङ्सिर १८ गतेसम्म चल्ने महायज्ञमा पण्डित दीनबन्धु पोखरेलले सङगीतमय शैलीमा कथावाचन गर्नुभएको छ । महायज्ञ अवधिभर स्थानीय, प्रदेश र सङ्घीय सरकारबाट रु पाँच करोड र स्थानीय, विभिन्न सामाजिक सङ्घ संस्था, व्यक्ति, श्रद्धालु भक्तजनबाट गरी रु दुई करोडसम्म दान सङ्कलन गर्ने लक्ष्य रहेको विद्यालयले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका