Samacharpati
मङ्लबार, असार २३, २०७७
  • होमपेज
  • लागुऔषध गाँजासहित लहानबाट भारतीय नागरिक पक्राउ

लागुऔषध गाँजासहित लहानबाट भारतीय नागरिक पक्राउ

  • रासस
  • मङ्लबार, मंसिर १७, २०७६
लागुऔषध गाँजासहित लहानबाट भारतीय नागरिक पक्राउ

लहान, १७ मङ्सिर । प्रतिबन्धित लागुऔषध गाँजासहित प्रहरीले लहान नगरपालिका–१ स्थित बस बिसौनीबाट एक भारतीयलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लहानबाट खटिएको गस्ती टोलीले सोमबार साँझ जाँच गर्ने क्रममा पाँच केजी गाँजासहित भारतको दरभङ्गा जिल्ला शिवराम थाना–२ निवासी ३८ वर्षीय सञ्जयकुमार यादवलाई पक्राउ गरेको हो ।

यस्तै अभद्र व्यवहार मुद्दामा फरार एक महिलालाई सिरहा प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय महेशपुरपतारीबाट खटिएको गस्ती टोलीले अभद्र व्यवहार मुद्दामा फरार लक्ष्मीपुर पतारी गाउँपालिका–३, हरिनगर निवासी ५० वर्षीया अमिरती देवीलाई पक्राउ गरेको हो । आफ्नै घरमा लुकीछिपी बसिरहेको अवस्थामा देवीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका