Samacharpati
बिहीबार, माघ १६, २०७६
  • होमपेज
  • बागलुङमा जीप दुर्घटना : १४ जनाको मृत्यु, ३ जना गम्भिर घाईते

बागलुङमा जीप दुर्घटना : १४ जनाको मृत्यु, ३ जना गम्भिर घाईते

बागलुङमा जीप दुर्घटना : १४ जनाको मृत्यु, ३ जना गम्भिर घाईते

बागलुङ, १७ मङ्सिर ।बागलुङमा जीप दुर्घटना हुँदा १४ जनाको ज्यान गएको छ ।

जिल्लाको बडिगाड गाउँपालिका ७ घोपर्नामा ग १ ज ५२१९ नम्बरको जीप दुर्घटना भएको हो । दुर्घटनामा एक बालक सहित १४ जनाको घटनास्थल मै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरिक्षक झविन्द्र भट्राईले जानकारी दिए । मृत्यु हुनेमा ९ महिला, ४ पुरुष र १ बालक रहेको भटराईले बताएका छन् ।

अन्य ३ जना गम्भिर घाईते भएका छन् । एक जनालाई खोलाले बगाएको आशंका गरिएको छ । गुल्मीको इस्मा गाउँपालिका ४ दोहोली पैयुँबोटबाट कार्कीहरुको कुलपुजाको लागि बागलुङको निसिखोला गाउँपालिका २ देविस्थान बायोखोला जाँदै गरको जीप दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख सुरज खडकाले बताएका छन् ।

उनीहरुलाई अहिले प्राथमिक उपचारका लागि बुर्तिबाङ पठाईएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका