Samacharpati
शनिबार, मंसिर २१, २०७६
  • होमपेज
  • हिमालको टाकुरामा पुग्न कहिलेकाहीँ ओरालो झर्नुपर्छ : साझा पार्टी

हिमालको टाकुरामा पुग्न कहिलेकाहीँ ओरालो झर्नुपर्छ : साझा पार्टी

  • रासस
  • साेमबार, मंसिर १६, २०७६
हिमालको टाकुरामा पुग्न कहिलेकाहीँ ओरालो झर्नुपर्छ : साझा पार्टी

काठमाडौँ, १६ मङ्सिर । साझा पार्टीले शनिबार भएको उपनिर्वाचनको नतिजालाई आफ्ना कमीकमजोरीको समीक्षा गर्नुपर्ने सन्देशका साथै मुलुकको राजनीतिक धरातलको थप परीक्षणका रूपमा लिएको जनाएको छ । सो पार्टीका प्रवक्ता डा सूर्यराज आचार्यले आज एक विज्ञप्तिमार्फत हिमालको टाकुरामा पुग्न उकालो मात्र होइन कहिलेकाहीँ ओरालो ओर्लिनु र अनेक अवरोध पार गर्नुपर्ने उल्लेख गर्नुभएको छ ।

साथै उहाँले मुलुक रूपान्तरणको राजनीतिक यात्रामा रणनीतिक दृढता र पार्टी निर्माणको परिष्कृत मार्गचित्रका साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । प्रतिकूलता हुँदाहुँदै पनि पार्टीलाई भोट दिएर अगाडि बढ्न आत्मविश्वास प्रदान गर्ने मतदाता र निर्वाचनमा सामेल भएर लोकतन्त्रलाई जीवन्त राख्ने सम्पूर्ण जनसमुदायप्रति साझा पार्टीले आभार प्रकट गरेको छ ।

आफ्ना गल्ती कमजोरीबाट पाठ सिक्दै आउँदा दिनमा मतदाताको मन सँगसँगै मत पनि जितेर नेपाल रूपान्तरणको यात्रामा अघि बढ्ने विज्ञप्तिमा उल्लेख छ । साझा पार्टीले छिट्टै ‘साझा भुईंयात्रा’को देशव्यापी राजनीतिक जागरण र नागरिक संवादको अभियानमा लाग्ने तथा पार्टीका विचार, नीति र एजेन्डा जनतासमक्ष प्रस्तुत र छलफल गर्ने विज्ञप्तिमार्फत जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका