Samacharpati
शनिबार, मंसिर २१, २०७६
  • होमपेज
  • ”हे माया” भन्दै आए गायक तुलसी सिवाकोटी (भिडियो सहित)

”हे माया” भन्दै आए गायक तुलसी सिवाकोटी (भिडियो सहित)

”हे माया” भन्दै आए गायक तुलसी सिवाकोटी (भिडियो सहित)

काठमाडौँ , १६ मङ्सिर।   गायक तुलसी सिवाकोटीको नयाँ ”हे माया” को म्युजिक भिडियो सार्बजनिक भएको छ । शब्द तथा संगीत सुनिल गिरि रहेको गीतको म्युजिक भिडियोलाइ छायांकन तथा निर्देशन संजित के. घिसिङले गरेका छन् । सागर मगरले कोरियोग्राफी गरेको भिडियोमा सागर, अभिलाषा तथा द युनिभर्स क्रिउको अभिनय तथा नृत्य रहेको छ । डिन्सन शाहको सम्पादन रहेको भिडियोलाइ उल्सन श्रेष्ठले निर्माण गरेका हुन् ।

बिगत लामो समय देखि गित संगीतमा निरन्तर रुपमा प्रबासमा बसेर अगाडी बढिरहेका यूरोप निवासी यूरोपका स्थापित गायक हुन् तुलसी सिवाकोटी । प्राय युरोपको हरेक देशमा आफ्नो प्रस्तुति दिसकेका उनले यूरोप मात्र नभएर यूरोप बाहिर रहेको बिभिन्न देशहरुमा आफ्नो प्रस्तुति दिसकेका छन । प्रबासको बसाइ आफ्नो काम परिवार र संगीत एकै साथ अगाडी बढाउनु धेरै चुनौती को कुरा हो ।

तर पनि प्रबासमा बसेर आफ्नो कला संस्कृतिको जगेर्ना र गित संगीत छेत्रमा उनको योगदान दिरहेका छन् । दुइ दर्जन भन्दा बढी गीतमा आफ्नो स्वर दिसकेका गायकले ‘तिम्रो मेरो प्रेम कहानी’ म त मान्छे सिधा साधा, प्यारी छोरी न बचाउन सके, जस्ता गित लोकप्रिय छन् । पार्श्व गायनमा समेत आफ्नो स्वर दिसकेका गायकले प्राय देश तथा बिदेशमा गरिने कार्यक्रममा प्रस्तुति निकै दमदार रहने गरेको छ । भिडियो सहित

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका