Samacharpati
शनिबार, मंसिर २१, २०७६
  • होमपेज
  • बालागुरु षडानन्दलाई राष्ट्रिय विभूति घोषणा गरिने

बालागुरु षडानन्दलाई राष्ट्रिय विभूति घोषणा गरिने

  • रासस
  • साेमबार, मंसिर १६, २०७६
बालागुरु षडानन्दलाई राष्ट्रिय विभूति घोषणा गरिने

भोजपुर, १६ मङसिर  । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले बालागुरु षडानन्द अधिकारीलाई राष्ट्रिय विभूति घोषणा गरिने बताउनुभएको छ । बालागुरुको १८५  जन्मजयन्ती मनाउन आयोजित कार्यक्रममा मुख्यमन्त्री राईले षडानन्दको योगदानलाई कदर गर्दै राज्यले राष्ट्रिय विभूति घोषणा गर्नुपर्ने धारणा राख्नुभयो ।

षडानन्दलाई राष्ट्रिय विभूति घोषणा गर्न प्रदेश १ सरकारबाट निर्णय गरेर केन्द्र पठाउने समेत बताउँदै मुख्यमन्त्री राईले भन्नुभयो‘‘ उहाँको योगदानको सम्मानका लागि राष्ट्रिय विभूति घोषणा गर्नुपर्छ तर यसमा ढिला भइररहेको छ, म प्रदेश सरकारबाट निर्णय गरेर तत्काल केन्द्र सरकारमा पठाउँछु ।’’

सो अवसरमा उहाँले प्रदेश १ सरकारको करिब १३ लाख लागतमा बन्ने षडानन्द बहुउद्देश्यीय धर्मशालाको शिलान्यास गर्नुभयो । मुलुकमा सती प्रथा अन्त्य गर्न र शिक्षाको ज्योति छर्न बालागुरुको योगदान रहेको छ । युवराज

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका