Samacharpati
बुधबार, फाल्गुन ७, २०७६
  • होमपेज
  • जनताको पक्षमा काम गर्छु : प्रदेश सदस्य वली

जनताको पक्षमा काम गर्छु : प्रदेश सदस्य वली

  • रासस
  • साेमबार, मंसिर १६, २०७६
जनताको पक्षमा काम गर्छु : प्रदेश सदस्य वली

दाङ, १६ मङ्सिर  । दाङ क्षेत्र नं ३ (ख) बाट प्रदेशसभा सदस्यमा निर्वाचित विमला खत्री (वली) आफू सधैँ जनताको पक्षमा रहेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाबाट आज विजयीको प्रमाणपत्र लिएपछि खत्रीले आफूलाई पश्चिमका जनताले अमूल्य मत प्रदान गरी विजयी बनाएकामा धन्यवाद दिनुभयो ।

उहाँले भन्नुभयो, “आफूलाई जनताले आफ्ना दिवंगत श्रीमान् उत्तरकुमार वलीको सपना पूरा गर्ने जिम्मेवारी सुम्पेका छन्, म जिम्मेवारीलाई पूरा गरेर छाड्नेछु ।” उहाँले मतदानमा सहभागी मतदाता, सुरक्षामा खटिने सम्पूर्ण सुरक्षा निकाय, मतदान अधिकृत कार्यालयमा प्रमुख तथा प्रतिनिधि, सरकारका सबै तहका कर्मचारी, पार्टीका नेता तथा कार्यकर्ता, सञ्चारकर्मी तथा सबैलाई धन्यवाद दिनुभयो । सो अवसमा प्रजिअ गोविन्दप्रसाद रिजालले बधाई तथा सफलताको शुभकामना दिनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

सम्बन्धित खवर

धेरै कमेन्ट गरिएका