Samacharpati
साेमबार, मंसिर २३, २०७६
  • होमपेज
  • धरान उपमहानगरपालिकाको प्रमुखमा तिलक राई विजयी

धरान उपमहानगरपालिकाको प्रमुखमा तिलक राई विजयी

  • रासस
  • साेमबार, मंसिर १६, २०७६
धरान उपमहानगरपालिकाको प्रमुखमा  तिलक राई विजयी

धरान, १६ मङ्सिर । धरान उपमहानगरपालिकाको प्रमुख पदमा नेपाली काँग्रेसका तिलक राई विजयी हुनुभएको छ । तिलक राईले २६ हजार ७०९ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपाका प्रकाश राईले २३ हजार ९१४ मत ल्याउनुभयो ।

निर्वाचन आयोगले नतिजाको औपचारिक घोषणा गर्न भने बाँकी छ । विसं २०७४ को निर्वाचनमा एमालेका उम्मेदवार स्व तारा सुब्बासँग चार हजार मतान्तरले हार्नुभएका राईले यस उपनिर्वाचनमा दुई हजार ७९५ मतान्तरमा विजयी हुनुभएको हो ।

विसं २०४७ पछिका हरेक निर्वाचनमा बामपन्थीहरुले जित्दै आएको धरानमा तिलक राईले इतिहास बनाएको काँग्रेसका नगर नेता प्रेम पराजुलीले बताउनुभयो । जीतपछि राईले धरानलाई भ्रष्टाचारमुक्त शहर बनाउने र सबै जनताको सल्लाह–सुझावमा नगरको कामकारवाही अघि बढाउने बताउनुभयो ।

गत मङ्सिर १० गतेको चुनावीसभामा प्रमुख भएपछि कुनै सेवासुविधा नलिने घोषणा गरेर उहाँले धरानका जनताको सहानुभूतिसमेत पाउनुभएको थियो । राई २०४८ सालदेखि काँग्रेसमा आबद्ध हुनुहुन्थ्यो । पार्टीको नगरसचिव हुँदै १३औँ महाअधिवेशनपछि उहाँ धरान नगर सभापतिसमेत बन्नुुभएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका