Samacharpati
आइतबार, मंसिर २२, २०७६
  • होमपेज
  • भरतपुरमा सवारीको ठक्करबाट थारुको मृत्यु

भरतपुरमा सवारीको ठक्करबाट थारुको मृत्यु

  • रासस
  • साेमबार, मंसिर १६, २०७६
भरतपुरमा सवारीको ठक्करबाट थारुको मृत्यु

चितवन, १६ मङ्सिर । भरतपुर महानगरपालिका–२९ खहरे पुल नजिक सवारीको ठक्करबाट एकको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दिया मगरणाडी–५ का ३३ वर्षीय सन्तराम थारु रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार आज बिहान करिब ४ बजेको समयमा थारुलाई नम्बर नखुलेको सवारी साधनले ठक्कर दिएको थियो । ठक्करबाट घाइते थारुको उपचारका क्रममा भरतपुर अस्पतालमा बिहान ४ः५५ बजे मृत्यु भएको हो ।

ठक्कर दिने साधन र चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका