Samacharpati
आइतबार, मंसिर २२, २०७६
  • होमपेज
  • विराटनगरमा वडा कार्यालय भवन उद्घाटन

विराटनगरमा वडा कार्यालय भवन उद्घाटन

  • रासस
  • साेमबार, मंसिर १६, २०७६
विराटनगरमा वडा कार्यालय भवन उद्घाटन

विराटनगर, १६ मङ्सिर । विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले जनताका सेवा र सुविधाका निम्ति वडा कार्यालयको आफ्नै भवन हुनुपर्ने बताउनुभएको छ ।

विराटनगर वडा नं १७ को नवनिर्मित वडा कार्यालय भवनको आइतबार उद्घाटन गर्दै उहाँले जनप्रतिनिधिलाई जनताको काममा विशेष ध्यान दिन आग्रह गर्नुभयो । रानीमा नवनिर्मित सो भवन रु ६३ लाख लागतमा निर्माण गरिएको हो ।

उन्नाइस वटा वडा रहेको महानगरपालिकामा वडा नं. ५, १५ र १८ का वडा कार्यालय बनिसकेका छैनन् । वडा नं ८ को वडा कार्यालय मन्दिरको भवन बहालमा लिई प्रयोग भइरहेको छ । वडा नं ११ को कार्यालय भने निर्माणाधीन छ । अन्य वडाको आफ्नै कार्यालयबाट जनतालाई सेवा प्रदान गरिएको महानगरपालिकाका कर्मचारी सुमन दाहालले जानकारी दिनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका