Samacharpati
बुधबार, माघ १५, २०७६
  • होमपेज
  • कास्की २ प्रतिनिधि सभामा विद्या भट्टराई निर्वाचित, कसको कति मत ?

कास्की २ प्रतिनिधि सभामा विद्या भट्टराई निर्वाचित, कसको कति मत ?

कास्की २ प्रतिनिधि सभामा विद्या भट्टराई निर्वाचित, कसको कति मत ?

कास्की क्षेत्र नम्बर २ मा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की उम्मेदवार विद्या भट्टराई विजयी भएकी छन्। विद्याले कांग्रेसका उम्मेदवार खेमराज पौडेललाई ८ हजार भन्दा धेरै मतले हराएकी छन्। विद्याले २४ हजार ३ सय ९४ मत ल्याउँदा खेमराजले १५ हजार ९ सय ९१ मत मात्रै ल्याउन सके। पराजय स्वीकार्दै कांग्रेस उम्मेदवार खेमराजले विद्यालाई बधाई दिएका छन्। उनले कार्यकाल सफलताको शुभकामना दिँदै विद्यालाई खादा र माला लगाइदिएर बधाई दिएका हुन्।
beacon

पोखरा महानगरको ११ वटा वडा पर्ने कास्की २ मा २१ जना प्रतिनिधि सभा सदस्यको लागि चुनावी मैदानमा थिए । तेस्रो भएका समाजवादी पार्टीका धर्मराज गुरुङले एक हजार नौसय २२ मत ल्याए। त्यस्तै राप्रपाका रोमबहादुर भण्डारीले एक हजार एकसय ५३ मत ल्याए। साझाकी रजनी केसीले नौसय ४२ ल्याइन गंगा मल्ल हलो चिन्हकी उमेद्वारले ९५, हँसिया तारा चुनाव चिन्ह भएका टेकनारायण भण्डारीले ५१, घर चुनाव चिन्हका पूर्ण बहादुर रानाले ३५, कुखुराको भाले चुनाव चिन्हका रियाज गुरुङले १३८, करुवा चिन्हका चन्द्रबहादुर रानाभाटले २८ मत ल्याए। त्यसैगरी जरायो चिन्हका विरबहादुर विकले ११ , किताब चिन्हका उमनाथ गौतमले एक, कमलजंग कुँवर शंख चिन्हले ६१, विवेकशिलकी जमुना शर्माले ७७ मत, क्यामेरा चिन्हका दिपक रेग्मीले ५, कलम चिन्हका नवराज बास्तोलाले १८ मत ल्याए।

आँप चिन्हका यज्ञप्रसाद पंगेनीले १, डोजर चिन्हका रनबहादुर दमैले ४, माहुरी चिन्हकी लक्ष्मी कुमारी भूजेलले ४,सुनिल बहादुर कोइराला टेबुल चिन्हले ११ मत र क्रिकेटको ब्याट चुनाव चिन्हका सुनिल भूषालले ४ मत ल्याए । यहाँ बदर मत ६०० भएको छ ।

जिल्ला: कास्कीप्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २

पुरुष मतदाता महिला मतदाता अन्य मतदाता जम्मा मतदाता
३३१०६ ३८७६४ ७१८७१
खसेको मत सदर मत बदर मत
४५५४६ ४४९४६ ६००

चुनाव चिन्ह सहितको नमुना मतपत्र

क्र.स. उम्मेदवारको नाम उमेर लिङ्ग राजनीतिक दल / स्वतन्त्र चुनाव चिन्ह प्राप्त मत कैफियत
विधा भटटराई ४७ महिला नेपाल कम्युनिष्ट पार्टी (नेकपा) २४३९४ निर्वाचित
खेम राज पौडेल ७४ पुरुष नेपाली काँग्रेस १५९९१
धर्मराज गुरुङ्ग ७१ पुरुष समाजवादी पार्टी १९२२
रोम बहादुर भण्डारी ७० पुरुष राष्ट्रिय प्रजातन्त्र पार्टी ११५३
रजनी के.सी. ४४ महिला साझा पार्टी ९४२
रियाज गुरुङ्ग ३३ पुरुष मंगोल नेशनल अर्गनाइजेसन १३८
श्रीमती गंगा मल्ल ६३ महिला राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) ९५
जमुना शर्मा ३१ महिला स्वतन्त्र ७७
कमल जङ्ग कुँवर ४७ पुरुष स्वतन्त्र ६१
१० टेकनाथ भण्डारी ४५ पुरुष नेपाल कम्युनिष्ट पार्टी (माले) ५१
११ पुर्ण बहादुर राना ४० पुरुष राष्ट्रिय जनमुक्ति पार्टी ३५
१२ चन्द्र बहादुर रानाभाट ५९ पुरुष नेपाली कांग्रेस (बी.पी.) २८
१३ नबराज बास्तोला ४५ पुरुष स्वतन्त्र १८
१४ विर बहादुर विश्वकर्मा ४७ पुरुष देशभक्त समाज ११
१५ सुनिल बहादुर कोइराला ४६ पुरुष स्वतन्त्र ११
१६ दिपक रेग्मी ३३ पुरुष स्वतन्त्र
१७ रन बहादुर दमै ५६ पुरुष स्वतन्त्र
१८ लक्ष्मी कुमारी भुजेल ५२ महिला स्वतन्त्र
१९ सुनिल भुसाल २६ पुरुष स्वतन्त्र
२० उम नाथ गौतम ६६ पुरुष स्वतन्त्र
२१ यज्ञ प्रसाद पंगेनी ४४ पुरुष स्वतन्त्र

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका