Samacharpati
आइतवार, असार २८, २०७७
  • होमपेज
  • पाँचथरमा नेकपा र काँग्रेस विजयी

पाँचथरमा नेकपा र काँग्रेस विजयी

  • रासस
  • आइतवार, मंसिर १५, २०७६
पाँचथरमा नेकपा र काँग्रेस विजयी

पाँचथर, १५ मङ्सिर । फिदिमनगरपालिका–१ मा सतारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार गजाधर भट्टराई भारी मत अन्तरले विजयी हुनुभएको छ । भट्टराई ४७४ मत अन्तरले विजयीहुनुभएको हो । कूल तीन हजार ६७६ मतदातामध्ये दुई हजार ६८२ मत खसेकामा भट्टराईले एक हजार ४४६ मत प्राप्त गरी विजयी हुनुभएको हो ।

नेपाली काँग्रेसका उम्मेदवार सुबराज थापाले ९७२ मत पाउनुभयो । यहाँ यसअघिको चुनावमा काँग्रेसले जितेको थियो । त्यसबेला भट्टराई काँग्रेसका हर्क मोक्तानसँग पाँच मतले पराजित हुनुभएको थियो ।

त्यस्तै, हिलिहाङ गाउँपालिका–७ मा नेकपाका उम्मेदवारलाई पराजित गर्दै नेपाली काँग्रेसका तिलविक्रम इधिङगोले ८४२ मत प्राप्त गरेर नेकपाका गेहनाथ रिजाललाई ३० मत अन्तरले पराजित गर्नुभएको हो । कूल दुई हजार ६०० मतदाता रहेको वडामा शनिबार भएको चुनावमा एक हजार ६९३ मत खसेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

Audio News

धेरै कमेन्ट गरिएका