Samacharpati
शनिबार, मंसिर २१, २०७६
  • होमपेज
  • कास्की २ :- साढे १० बजेबाट मतगणना गर्ने

कास्की २ :- साढे १० बजेबाट मतगणना गर्ने

कास्की २ :- साढे १० बजेबाट मतगणना गर्ने

पोखरा, मंसिर १४ । कास्की २ को मतगणना आजैदेखि सुरु हुने भएको छ । केहीबेर अघि बसेको सर्वदलीय बैठकले साढे १० बजेदेखि मतगणना गर्ने सहमति गरेको हो । बैठका सबै दलले आजै गणना गर्न सहमति जनाएका थिए । शनिबार भएको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा ६४ प्रतिशत मत खसेको छ ।

कुल ७१ हजार ८ सय ७१ मतदाता रहेको यहाँ ४५ हजार ५ सय ६३ जनाले मतदान गरेका हुन् । २० हजार ७ सय ८४ पुरुष र २४ हजार ७ सय ७९ महिलाले मतदानमा भाग लिएका निर्वाचन कार्यालय कास्कीले जनाएको छ । वडागत तथ्यांक भने कार्यालयले दिएको छैन । यहाँ २१ जना उम्मेदवार छन् ।

Source:- DNA Nepal

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका