Samacharpati
बुधबार, माघ ८, २०७६
  • होमपेज
  • बैतडी सिल्केलेकस्थित महाकाली राजमार्गमा शङ्कास्पद वस्तु फेला

बैतडी सिल्केलेकस्थित महाकाली राजमार्गमा शङ्कास्पद वस्तु फेला

  • रासस
  • शनिबार, मंसिर १४, २०७६
बैतडी सिल्केलेकस्थित  महाकाली राजमार्गमा शङ्कास्पद  वस्तु फेला

बैतडी, १४ मङ्सिर । दोगडाकेदार गाउँपालिका–५ स्थित सिल्केलेकस्थित महाकाली राजमार्गमा शङ्कास्पद वस्तु फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । राजमार्गमा बिहान साढे ११ः०० बजे भेटिएको वस्तु स्टिलको बाल्टीनमा तार जोडेको अवस्थामा सो प्रतिवन्धित नेत्रविक्रम चन्द समूहले राखेको हुनसक्ने अनुमान गरिएको छ ।

प्रहरीको टोली घटनास्थलतर्फ गएको प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिनुभयो । दोगडाकेदारको वडा नं ४, सुर्नया गाउँपालिकाको वडा नं १ र पुर्चौडी नगरपालिकाको वडा नं ४ मा उपनिर्वाचनका लागि मतदान भने जारी रहेको जनाइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका