Samacharpati
आइतबार, मंसिर २२, २०७६
  • होमपेज
  • पोखराका ३ ठाउँमा बम विस्फोट, मतदातामा त्रास

पोखराका ३ ठाउँमा बम विस्फोट, मतदातामा त्रास

पोखराका ३ ठाउँमा बम विस्फोट

पोखराका ३ ठाउँमा बम विस्फोट, मतदातामा त्रास

पोखरा, मंसिर १४ । पोखराका ३ ठाउँमा बम विस्फोट भएको छ । पोखराका २ ठाउँमा बम विस्फोट भएको छ । पोखरा ३३ भरतपोखरी स्थित सरस्वती टिका मावि, पोखरा ९ को नवप्रभात मावि र पोखरा १६ को शान्ति माविमा विस्फोट भएको हो ।

नवप्रभातको स्कुल गारोमा नै क्षति पुगेको छ भने सरस्वती टिकाको केही पर विस्फोट भएको हो । शान्ति माविको पर्खाल बाहिर भएका कारण खासै क्षति छैन । बम विस्फोट भएपछि केही बेर मतदाताहरु तितरवितर भएका थिए ।

अहिले नियमित मतदान भैरहेको प्रहरीले जनाएको छ । मतदान सुरु भएलगत्तै त्यस ठाउँमा बम पड्किएको थियो । शान्ति माविमा २ पटक विस्फोट भएको छ । मतदान सुरु भए लगत्तै एक पटक र पौने ९ बजेतिर दोश्रो पटक बम पड्किएको वडाध्यक्ष जीवन आचार्यले जानकारी दिए ।

पर्खाल बाहिर विस्फोट भएका कारण खासै क्षति भएको छैन । बम पड्किएपछि केही मतदाताहरुमा त्रास बढेको र केही मत कम खस्न सक्ने आँकलन गरिएको छ । मतदान भने नरोकिएको आचार्यले बताए ।

Source:- DNA Nepal

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका