Samacharpati
बिहीबार, चैत्र २०, २०७६
  • होमपेज
  • उपराष्ट्रपतिद्वारा नुवाकोटको पर्यटकीयस्थलको भ्रमण

उपराष्ट्रपतिद्वारा नुवाकोटको पर्यटकीयस्थलको भ्रमण

  • रासस
  • शुक्रबार, मंसिर १३, २०७६
उपराष्ट्रपतिद्वारा नुवाकोटको पर्यटकीयस्थलको भ्रमण

बेत्रावती, १३ मङ्सिर । उपराष्ट्रपति नन्दबहादुर पुनले नुवाकोटका विभिन्न धार्मिक एवम् पर्यटकीयस्थलको भ्रमण तथा अवलोकन गर्नुभएको छ । काठमाडौँको सुन्दरीजल, सिन्धुपाल्चोक हुँदै नुवाकोटको चिसापानीसम्म आइपुग्नुभएका उपराष्ट्रपति पुनले बिहीबार नुवाकोटको शिवपुरी, पञ्चकन्या, दुप्चेश्वरलगायत गाउँपालिकाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुभएको हो । अवलोकनका क्रममा उपराष्ट्रपति पुनले यस क्षेत्रलाई हाइकिङ, पदमार्ग एवं घारवस (होमस्टे) सहित पर्यटकीय गन्तव्य बनाउन सके यसबाट धेरै आम्दानी लिन सकिने बताउनुभयो ।

उहाँले यो धेरै पर्यटकीय सम्भावना भएको क्षेत्र भएकाले यसलाई सोही अनुरुप विकास गर्न प्रतिनिधिसभा सदस्य हितबहादुर तामाङ र प्रदेश नं ३ का उपसभामुख राधिका तामाङलाई सुझाब दिनुभयो । सुन्दरीजल हुँदै चिसापानी आउने क्रममा उहाँले सुन्दरीजलस्थित विश्वेश्वरप्रसाद कोइराला र गणेशमान सिंहको शालिकमा पुष्पगुच्छा अर्पण गर्नुभयो ।

सो क्रममा उहाँले बिपी र गणेशमानको जेल जीवन, उहाँहरुले प्रयोग गर्नुभएका सामग्री, बहुदलीय व्यवस्था स्थापनाको सङ्घर्षमा प्रयोग गरिएका तोप लगायतका फौजी सामग्री, विसं २०३३ मा नगदसहित अपहरण गरिएको हवाईजहाजलगायत ऐतिहासिक सामग्रीको समेत अवलोकन गर्नुभएको थियो । उपराष्ट्रपति पुनले वाग्मती सुधार आयोजनाको पनि अवलोकन गर्नुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका