Samacharpati
शनिबार, असार २७, २०७७
  • होमपेज
  • बाँकेमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

बाँकेमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

  • रासस
  • मङ्लबार, मंसिर १०, २०७६
बाँकेमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

राँझा, १० मङ्सिर । सुर्खेतबाट नेपालगञ्जतर्फ आउँदै गरेको क१प १०६ नंको मोटरसाइकल गए राति बाँकेको चिसापानीमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

बाँकेको बैजनाथ गाउँपालिका–१ चिसापानीमा मोटरसाइकल दुर्घटना हुँदा जुम्ला तातोपानी गाउँपालिका–४ का मनिकेश गौतमको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक पविन्द्र बमले जानकारी दिनुभयो ।

उहाँका अनुसार गए राति करीब ८ः०० बजेतिर मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक गौतमको घटनास्थलमै मृत्यु भएको थियो । गौतम नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जुम्लाका स्थानीय नेता हुनुहुन्थ्यो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

Audio News

धेरै कमेन्ट गरिएका