Samacharpati
शनिबार, चैत्र २२, २०७६
  • होमपेज
  • वक्तृत्वकलामा जिल्लाभरिका २३ विद्यालयलाई उछिन्दै रेन्बो एकेडेमिककी सुष्मा बनिन् प्रथम

वक्तृत्वकलामा जिल्लाभरिका २३ विद्यालयलाई उछिन्दै रेन्बो एकेडेमिककी सुष्मा बनिन् प्रथम

वक्तृत्वकलामा जिल्लाभरिका २३ विद्यालयलाई उछिन्दै रेन्बो एकेडेमिककी सुष्मा बनिन् प्रथम

पोखरा, ८  मङ्सिर । पच्चीसौँ वार्षिकोत्सव तथा रजत जयन्ती वर्षको अवसर पारेर पोखराको मदरल्यान्ड माविले जिल्ला स्तरीय वक्तृत्वकला प्रतियोगिता विद्यालय प्राङ्गणमा शनिबारबार सम्पन्न गरेको छ । कास्की जिल्लाभरिका २४ विद्यालयबाट विद्यार्थीहरूले सहभागिता जनाएको उक्त कार्यक्रम गण्डकी प्रदेशका सांसद माननीय राजीव पहारीको प्रमुख आतिथ्यतामा सञ्चालन भएको थियो ।

जिल्ला स्तरीय यस कार्यक्रममा सबै प्रतियोगीहरूलाई उछिन्दै पोखराको रामबजारमा रहेको रेन्बो एकेडेमिक होम्स्की  छात्रा सुष्मा आचार्यले प्रथम स्थान हात पारकी छन् भने द्वितीय, तृतीय स्थान क्रमशः विद्या निकेतन मा.वि. की छात्रा स्मृति लम्साल, डायमण्ड मा.वि.की छात्रा निश्चा शर्र्माले हात पार्न सफल भएका छन् । त्यस्तै सान्त्वना स्थान न्युमोडल डायनामिक एकेडेमीकी छात्रा गायत्री गौतम र केफ माध्यमिक विद्यालयकी छात्र आयुष अधिकारीले हात पारेका छन् । कार्यक्रमका अवसरमा विजयी विद्यालय तथा विद्यार्थीहरूलाई प्रमुख अतिथि, विद्यालयका निर्देशक डा. त्रिभुवन शर्मा, एकेडेमिक डीन प्रेमनारायण पोखरेल र प्रावि इन्चार्ज केशु शर्मालगायतका व्यक्तित्वहरूद्वारा ट्रफी, प्रमाणपत्र र नगद पुरस्कारले पुरस्कृत गरिएको कुरा कार्यक्रमका संयोजक अन्तिम गुरुङले जानकारी दिनुभयो ।

नेपाली भाषा शिक्षक परिषद कास्कीका उपाध्यक्ष डिल्लीराम अर्याल, पोखरेली युवा साँस्कृतिक परिवारका पूर्व अध्यक्ष एवम् वरिष्ठ गजलकार दीपक समीप र नेपाली भाषाशिक्षक परिषद कास्कीका सदस्य डण्डपाणि सुवेदी निर्णायकका रूपमा रहनुभएको उक्त कार्यक्रममा प्रमुख अतिथि गण्डकी प्रदेश सांसद माननीय राजीव पहारीले विद्यालयको शैक्षिक प्रगतिको प्रशंसा गर्दै सफलताका लागि निरन्तर अभ्यास गरेर लाग्नुपर्ने कुरामा जोड दिनुभएको थियो।

रजत जयन्ती समारोह मूल समितिका संयोजक तथा विद्यालयका संस्थापक निर्देशक डा. त्रिभुवन शर्माको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन रजत जयन्ती समारोह मूल समितिका सचिव होमनाथ भट्टराईले गर्नुभएको थियो । साथै विद्यालयले रजत जयन्ती वर्षका अवसरमा आन्तरिक तथा बाह्य रूपमा चित्रकला, सरसफाइ, हस्तलिपि, कविता, निबन्ध, प्रदेश स्तरीय हाजिरी जवाफ आदि जस्ता प्रतियोगिता तथा विविध कार्यक्रमहरू सम्पन्न गरिसकेको कुरा विद्यालयका सहकार्यकलाप प्रमुख सुनिल सुवालले जानकारी दिनुभएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका