Samacharpati
बिहीबार, चैत्र २०, २०७६
  • होमपेज
  • कञ्चनजङ्घा हिमालमा राखिएकाे हिमखम्बाले पर्यटकलाई आवागमनमा सहज

कञ्चनजङ्घा हिमालमा राखिएकाे हिमखम्बाले पर्यटकलाई आवागमनमा सहज

कञ्चनजङ्घा हिमालमा राखिएकाे हिमखम्बाले पर्यटकलाई आवागमनमा सहज

ताप्लेजुङ, ८ मङ्सिर । साहसिक पदयात्रा क्षेत्र कञ्चनजङ्घा हिमाल जाने पदमार्गमा हिमखम्बा राखिएपछि पर्यटक र पथप्रर्दशकलाई आवागमनमा सहज भएको छ । पदमार्गका विभिन्न ठाउँमा हिमखम्बा र साङ्केतिक खम्बा राखिएसँगै हिउँ परेपछि बाटो भुल्ने समस्याबाट पर्यटक र पथप्रर्दशकले मुक्ति पाएका छन् । हिउँले बाटो छोपेपछि पर्यटकलाई यात्रामा समस्या हुँदै आएको थियो । आधार शिविर प्रवेशद्वार घुन्सादेखि माथिल्लो क्षेत्रमा खम्बाहरु गाडिएका छन् ।

यात्रा सहज बनाउने उद्देश्यसहित कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्अन्तर्गत समृद्ध पहाडले २०० थान हिमखम्बा र १०० थान साङ्केतिक खम्बा गाडेको समृद्ध पहाडका वरिष्ठ कार्यक्रम संयोजक सुदीप श्रेष्ठले जानकारी दिनुभयो । श्रेष्ठका अनुसार घुन्सादेखि उत्तरी आधार शिविर जाने पदमार्ग खम्वाचेन, लोनाक र पाङ्पेका साथै दक्षिणी आधार शिविर जाने सेलेले, चेइराम, ओक्तानसम्म नै खम्बा गाडिएको छ ।

पाङ्पेमा उत्तरी र ओक्तान दक्षिणी आधार शिविर हुन् । उत्तरतर्फ हिमखम्बा र दक्षिणतर्फ साङ्केतिक खम्बा गाखिएको छ । कञ्चनजङ्घामा स्वदेशी तथा विदेशी पर्यटक आउने क्रम वर्षेनी बढ्दो छ । नेपाल भ्रमण वर्षलाई समेत सहयोग गर्ने उद्देश्यले आवश्यक काम भइरहेको परिषद्का अध्यक्ष खगेन्द्र फेम्बूले बताउनुभयो । उहाँका अनुसार कञ्चनजङ्घाको पदमार्गलाई छोट्याउने लगायतका कार्य भइरहेका छन् । २२ देखि २८ दिनको कञ्चनजङ्घा यात्रालाई छोट्याएर नौ दिनमा नै सम्पन्न गर्न सकिने नयाँ रुटको समेत विकास गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका