Samacharpati
बुधबार, असार २४, २०७७
  • होमपेज
  • दण्डहीनता अन्त्य गर्न पत्रकारको माग

दण्डहीनता अन्त्य गर्न पत्रकारको माग

दण्डहीनता अन्त्य गर्न  पत्रकारको माग

हेटौँडा, ८ मङ्सिर । दण्डहीनता अन्त्य गर्न माग गर्दै हेटौँडामा पत्रकारले आज प्रभातफेरी तथा कोणसभा गरेका छन् । ‘विश्व अन्तर्राष्ट्रिय दण्डहीनता विरुद्ध दिवस’का अवसरमा नेपाल पत्रकार महासङ्घ प्रदेश नं ३ ले आयोजना गरेको कार्यक्रममा पत्रकारमाथि हुने आक्रमण, हत्या एवं प्रेस स्वतन्त्रता हननका घटनामा संलग्नलाई कारवाही गरी दण्डहीनता अन्त्य गर्नुपर्ने माग गरिएको थियो ।

पत्रकार महासङ्घ प्रदेश ३ तथा जिल्ला शाखाका पदाधिकारी एवं सदस्यहरु तथा विभिन्न सञ्चारमाध्यममा आबद्ध पत्रकारको हेटौँडा बजारको सीमाचोकबाट शुरु भएको र्याली बुद्धचोक हुँदै पुनः सीमाचोकमा पुगेको थियो । र्यालीपछि आयोजित कोणसभामा नेपाल पत्रकार महासङ्घ प्रदेश ३ का अध्यक्ष प्रताप विष्टले प्रेस स्वतन्त्रता लोकतन्त्रको सुन्दर पक्ष भएको विचार व्यक्त गर्नुभयो । लोकतन्त्रको पूर्ण अभ्यास भएमा न्याय र स्वतन्त्रताको वातावरण बन्ने र त्यसले स्वतः दण्डहीनता अन्त्यको अवस्था सृजना हुने अध्यक्ष विष्टको धारणा थियो ।

पत्रकार तथा सञ्चारमाध्यममाथि हुने सबैखाले आक्रमणको अन्त्य गर्न, पत्रकारको हत्या गर्ने तथा आक्रमणमा संलग्नको पहिचान गरी दोषीलाई कानूनबमोजिम कारवाही गर्न र बेपत्ता पत्रकारको अवस्था सार्वजनिक गर्न दबाब दिने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको नेपाल पत्रकार महासङ्घ प्रदेश ३ का महासचिव कृष्ण सारु मगरले जानकारी दिनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका