Samacharpati
साेमबार, माघ १३, २०७६
  • होमपेज
  • स्पोर्टस् क्यासलमा ‘फुटसल स्किल्स क्लिनिक’

स्पोर्टस् क्यासलमा ‘फुटसल स्किल्स क्लिनिक’

स्पोर्टस् क्यासलमा ‘फुटसल स्किल्स क्लिनिक’

पोखरा, ८ मंसिर । पोखराको गणेशटोल स्थित स्पोर्टस् क्यासलमा एक दिने ‘फुटसल स्किल्स क्लिनिक’ सम्पन्न भएको छ । क्यासलको आयोजनामा ८ देखी १४ वर्ष उमेर समुहका प्रशिक्षार्थीहरुको सभािगतामा आज (शनिबार) ‘फुटसल स्किल्स क्लिनिक’ सम्पन्न भएको हो । सहभागी प्रशिक्षार्थीहरुलाई नेपाल घुम्न आएका अमेरिकी पुर्व फुटबल खेलाडी (ए लाईसेनस प्राप्त) जोन वेल्चले प्रशिक्षण दिएका थिए । ए लाईसेन्स प्राप्त उनले ५० बढि प्रशिक्षार्थीहरुलाई ४ समुहमा विभाजन गरी स्किल्स र टेक्निक बढाउने उपाय सिकाएका छन् ।

प्रशिक्षणको समयमा बोल्दै उनले छोटो समयमा पनि धेरै टेक्नीक र स्किल्स बृद्धि गर्न सक्ने भएकाले फुटसल ‘स्किल्स क्लिनि’को महत्व रहेको बताएका थिए । उनले नेपाली फुटबल अवस्थाको बारमा बुझ्न र नेपाल आएर आफुले जानेका केही कुरा सिकाउन पाउदा खुशी व्यक्त गरेका थिए ।

त्यस्तै क्यासलका सञ्चालक ईश्वर गुरुङले उक्त क्लिनिक सिक्नको लागि यथेष्ट नभएपनि फुटबलमा ईच्छुक प्रशिक्षर्थीहरुको टेक्निकमा बृद्धि गर्न सघाउ पुग्ने बिश्वास व्यक्त गरेका थिए । उनले क्यासलमा खेलसँग सम्बन्धित कार्यक्रमहरु निरन्तर रुपमा आयोजना गरेको बताउर्द आगामी दिनमा समेत रचनात्मक कार्यक्रमहरु आयोजना गर्ने बताएका छन् । उक्त क्लिनिकमा जोनलाई नेपाली फुटसल टिमका हेड कोच बिष्णु गुरुङ, सुदिप बिक, पारु मगर लगायतले सहजीकरण गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका