Samacharpati
साेमबार, चैत्र १७, २०७६

हालको खबर

  • होमपेज
  • चेतना अभिवृद्धि र सामाजिक सांस्कृतिक अभियान

चेतना अभिवृद्धि र सामाजिक सांस्कृतिक अभियान

  • रासस
  • शुक्रबार, मंसिर ६, २०७६
चेतना अभिवृद्धि र सामाजिक सांस्कृतिक अभियान

जनकपुरधाम, ६ मङ्सिर । प्रदेश नं २ का प्रदेश प्रमुख तिलक परियारले मानवअधिकारको प्रवद्र्धनका लागि चेतना अभिवृद्धि र सामाजिक एवं सांस्कृतिक अभियान सञ्चालनमा जोड दिनुभएको छ । राष्ट्रिय मानवअधिकार आयोगद्वारा आज यहाँ आयोजित विश्वव्यापी आवधिक समीक्षा विषयक प्रदेश नं २ स्तरीय कार्यशालामा प्रदेश प्रमुख परियारले यस प्रदेशमा मानव विकास सूचकाङ्क सन्तोषजनक भएको बताउँदै विद्यमान उत्पीडनलाई न्यूनीकरणका लागि सबैको अग्रसरताको खाँचो औँल्याउनुभयो ।

सो अवसरमा प्रदेशसभा सदस्य रामाशीष यादवले सबै मानवरक्षक भई द्वन्द्व व्यवस्थापन गर्न सामाजिक, आर्थिक र पर्यावरणको संस्थागत सुधारतर्फ ध्यान केन्द्रित गर्नु आवश्यक भएको धारणा राख्नुभयो । प्रदेशसभा सदस्य शारदा थापाले प्रदेश नं २ मा लिङ्गका आधारमा गरिने विभेद र जातीय छुवाछूत क्यान्सर रोग झैँ फैलिएको छ भन्नुभयो ।

आयोगका सदस्य सुदीप पाठकले मानवअधिकारको संरक्षण, संवद्र्धन तथा यसको प्रभावकारी कार्यान्वयनका लागि आयोग क्रियाशील रहेको प्रसङ्ग उल्लेख गर्नुभयो । धनुषा जिल्ला समन्वय समितिका सभापति रामदेव बनरैतले मानवअधिकारको रक्षाका सवाललाई ग्रामीण क्षेत्रसम्म अभिमुखीकरण गर्नु जरूरी छ भन्नुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका