Samacharpati
शनिबार, चैत्र २२, २०७६
  • होमपेज
  • सङ्खुवासभामा करेन्ट लागेर मृत्यु भएका मृतककाे परिवारलाई क्षतिपूर्ति उपलब्ध

सङ्खुवासभामा करेन्ट लागेर मृत्यु भएका मृतककाे परिवारलाई क्षतिपूर्ति उपलब्ध

  • रासस
  • शुक्रबार, मंसिर ६, २०७६
सङ्खुवासभामा करेन्ट लागेर मृत्यु भएका मृतककाे परिवारलाई क्षतिपूर्ति उपलब्ध

खाँदबारी, ६ मङ्सिर । सङ्खुवासभाको सभापोखरी गाउँपालिका–६ मा करेन्ट लागेर मृत्यु भएका परिवारलाई क्षतिपूर्ति रकम उपलब्ध गराएको छ । विद्युत् प्राधिकरण खाँदबारी वितरण केन्द्रले करेन्ट लागेर मृत्यु भएका सभापोखरी–६ का भुपाल विश्वकर्माको परिवारलाई रु पाँच लाख १५ हजार क्षतिपूर्तिबापत उपलब्ध गराएको हो ।

यसअघि प्राधिकरणले किरिया खर्च बापत मृतक परिवारलाई रु १५ हजार उपलब्ध गराई सकेको छ । गत वैशाख १८ गते सभापोखरी गाउँपालिका–६ स्वाचीमा हाइभोल्टेज गएपछि करेन्ट लागेर विश्वकर्माको मृत्यु भएको थियो । सो घटनामा अन्य पाँचजना घाइते भएका थिए ।

करेन्टबाट घाइते भएकी तारा विश्वकर्मालाई रु नौ हजार ६८३, भगवती विश्वकर्मालाई रु १३ हजार ५९७, मञ्जु तिरुवालाई रु ६ हजार ७२५, धनमान लिम्बूलाई रु नौ हजार र कुलबहादुर विश्वकर्मालाई रु ६ हजार ८२५ उपलब्ध गराएको केन्द्रका प्रमुख रामअशिस साहले जानकारी दिनुभयो ।

पीडितहरुलाई नेपाल विद्युत् प्राधिकरण विद्युत् दुर्घटना क्षतिपूर्ति विनियमावली २०७६ को विनियम १२ को आधारमा क्षतिपूर्ति उपलब्ध गराएको खाँदबारी वितरण केन्द्रले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका