Samacharpati
मंगलबार, माघ १४, २०७६
  • होमपेज
  • थाइल्याण्डमा ६/४ म्याग्नीच्युडको भूकम्प

थाइल्याण्डमा ६/४ म्याग्नीच्युडको भूकम्प

  • रासस
  • बिहीबार, मंसिर ५, २०७६
थाइल्याण्डमा ६/४ म्याग्नीच्युडको भूकम्प

५ मङ्सिर  । थाइल्याण्ड र लाओसको सीमा क्षेत्रमा बिहीबार बिहान ६/४ म्याग्नीच्युडको भूकम्प गएको छ । भूकम्पका कारण त्यस क्षेत्रका बासिन्दा त्रसित भएका अधिकारीहरुले जानकारी दिएका छन् ।

थाइल्याण्डको मौसम विज्ञान विभागका महानिर्देशक सोम्साक खावसुवानले १०० भन्दा बढी कम्पन भएको जानकारी दिनुभयो । स्थानीय समयानुसार नोभेम्बर २० तारिखको राती ११ बजेसम्ममा १०० पटक पराकम्पन भएको उहाँले बताउनु भयो ।

महानिर्देशक सोम्साकले ६/४ म्याग्नीच्युडको सवै भन्दा ठूलो भूकम्प स्थानीय समयानुसार बिहीबार विहान ६/५० बजे गएको जानकारी दिनुभयो । भूकम्पका कारण विद्यालयहरु बन्द घोषणा गरिएको छ । ठूलो क्षतिको विवरण भने प्राप्त नभएको अधिकारीहरुले जनाएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका