Samacharpati
शनिबार, चैत्र २२, २०७६
  • होमपेज
  • पोखरामा बस्दै आएकी मिर्गौलापीडितलाई सञ्जीवनी दिदी–बहिनी केन्द्रले छ लाख ३४ हजार आर्थिक सहयोग

पोखरामा बस्दै आएकी मिर्गौलापीडितलाई सञ्जीवनी दिदी–बहिनी केन्द्रले छ लाख ३४ हजार आर्थिक सहयोग

  • रासस
  • बिहीबार, मंसिर ५, २०७६
पोखरामा बस्दै आएकी मिर्गौलापीडितलाई सञ्जीवनी दिदी–बहिनी केन्द्रले छ लाख ३४ हजार आर्थिक सहयोग

कास्की, ५ मङ्सिर । दुवै मिर्गौला फेल भई उपचार गराइरहेका कास्कीको मादी गाउँपालिका–७ थाक घर भई हाल पोखरा महानगरपालिका–१३ लामोडहरमा बस्दै आउनुभएकी २४ वर्षीया मनिषा गुरुङलाई सञ्जीवनी दिदी–बहिनी केन्द्रले रु छ लाख ३४ हजार ३४० सहयोग गरिएको छ ।

गुरुङको आर्थिक अवस्था कमजोर रहेकाले मिर्गाैला प्रत्यारोपणका लागि सहयोग पुर्याउने उद्देश्यले केन्द्रले बुधबार सो रकम पीडितलाई प्रदान गरिएको हो । हङकङ निवासी केन्द्रका संस्थापक सदस्य कमला गुरुङको सक्रियतामा हङकङमा सङ्कलित सो रकम केन्द्रकी अध्यक्ष बिना गुरुङले मनिषा बचाऊ अभियान सहयोग समितिका अध्यक्ष इन्द्रबहादुर गुरुङलाई हस्तान्तरण गर्नुभएको थियो ।

अभियानका संयोजक गुरुङले मिर्गाैला प्रत्यारोपणका लागि रु २० लाख खर्च लाग्ने चिकित्सकको भनाइ रहेको बताउनुभयो । पीडित गुरुङले हाल हप्ताको दुईपटक डायलासिस गर्दै आउनुभएको छ । यसअघि सहयोग समितिले दीपावलीको अवसरमा देउसीभैलोमार्फत उपचारका लागि रु आठ लाख सङ्कलन गरेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका