Samacharpati
शुक्रबार, मंसिर २०, २०७६
  • होमपेज
  • सप्तरीमा २९ वटा वडा सदस्यलाई साइकल वितरण

सप्तरीमा २९ वटा वडा सदस्यलाई साइकल वितरण

सप्तरीमा २९ वटा वडा सदस्यलाई साइकल वितरण

सप्तरी, ४ मङ्सिर । विष्णुपुर गाउँपालिकाले गाउँपालिकाका २९ वटै वडा सदस्यलाई एक–एक थान साइकल वितरण गरेको छ । जनताको काम गर्न सहज होस् भनेर वडा सदस्यलाई साइकल वितरण गरिएको गाउँपालिकाका अध्यक्ष लिलाम्वर यादवले बताउनुभयो ।

गाउँपालिकामा मङ्गलबार आयोजित साइकल वितरण कार्यक्रममा उहाँले साइकलको दुरुपयोग नगरी गाउँपालिकाको मर्यादा बढाउन वडा सदस्यलाई आग्रह गर्नुभयो । तेस्रो गाउँसभाले वडा सदस्यलाई साइकल प्रदान गर्ने निर्णय गरेको थियो ।

अध्यक्ष यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सुभाषप्रसाद मण्डल, वडा नं ७ का वडाध्यक्ष विन्देश्वर साहलगायतले मन्तव्य व्यक्त गर्नुभयो । कार्यक्रममा प्रेस स्वतन्त्रता सेनानी वैद्यनाथ झा, वडा नं ६ का वडाध्यक्ष बहादुर सदा एवं वडा सदस्यहरुको सहभागिता थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका