Samacharpati
साेमबार, मंसिर २३, २०७६
  • होमपेज
  • असत्यको विरुद्धमा आवाज उठाउने समय आयो : उम्मेदवार केसी

असत्यको विरुद्धमा आवाज उठाउने समय आयो : उम्मेदवार केसी

असत्यको विरुद्धमा आवाज उठाउने समय आयो : उम्मेदवार केसी

नेतृत्व असल भए देशले काँचुली फेर्छ : संयोजक मिश्र

पोखरा, ३ मंसिर । कास्की क्षेत्र नम्बर–२ का लागि साझा पार्टीबाट उम्मेदवार बनेकी रजनी केसीले कुसंस्कृत राजनीतिले मजुदुर र किसानलाई दास बनाएको बताएकी छन् । उनले दासको मानसिकताबाट मुक्त भएर आफ्नो अमूल्य मत खसाल्न मतदातालाई आग्रह गरेकी छन् । चुनावी घरदैलोअन्तर्गत मंगलबार रानीपौवामा आयोजित चुनावी कोणसभालाई सम्बोधन गर्दै उनले सो भनाइ राखेकी हुन् । निजी स्वार्थका लागि अहिले आम जनतालाई त्रासमय अवस्थामा बाँच्न बाध्य बनाइएको बताउँदै उनले स्वतन्त्र भएर मत खसाल्न आग्रह गरिन् । उनले भनिन्, ‘अब जनताले कुसंस्कार र असत्यको विरुद्धमा आवाज उठाउने समय आयो, स्वतन्त्र भएर मत खसाल्न म आग्रह गर्दछु ।’ जनताको आवाज सदनसम्म पुर्याउन उम्मेदवारी दिएको उनले बताइन् । परिवर्तन र विकासका लागि जनताले आफ्नो अधिकारको सहि सदुर्योग गर्नुपर्नेमा उनको जोड थियो ।

सरकार नागरिकप्रतिको दायित्वबाट टाढा हुन खोजिरहेको भन्दै उनले देशले विकल्प खोजेको बताइन् । आर्थिक अपचलन गरेर सबैको भोट संकलन गर्ने काम नगर्ने प्रतिबद्धता उम्मेदवार केसीले जनाइन् । सरुवा, बढुवाको चलखेलमा लाग्नेहरुका कारणले देश पछाडि परिरहेको भन्दै उम्मेदवार केसीले ढिलो चाँडो त्यसको नतिजा आउने स्पष्ट पारिन् । पार्टीले मंगलबार रानीपौवासँगै फूलबारीमा पनि कोणसभा आयोजना गरिएको थियो । फूलबारीमा आयोजित सभालाई सम्बोधन गर्दै पार्टीका केन्द्रिय संयोजक रवीन्द्र मिश्रले असल नेतृत्व भए देशले काँचुली फेर्ने दाबी गरे । उनले देश भ्रष्टाचारमुक्त बन्न सके मात्र विकास सम्भव भएको जिकिर गरे । सांसदलाई पैसा बाँडेर ठेकेदार बनाउने काम गरिएको भन्दै उनले साझा पार्टी सधैं त्यसको विपक्षमा रहने प्रतिबद्धता व्यक्त गरे । देशले विकल्पको खोजी गरिरहेको सन्देश दिने जिम्मा कास्कीबासीको हातमा आएको बताउँदै संयोजक मिश्रले त्यसको सदु¥योग गर्न मतदातालाई सुझाव दिए ।

यस्तै कार्यक्रममा बोल्दै साझा पार्टीका कास्की जिल्ला संयोजक अर्जुन प्रसाद खनालले साझालीहरु व्यक्तिगत स्वार्थका लागि नभइ देशको समृद्धिका लागि राजनीतिमा होमिएको बताए । भविष्य खोज्दै परिवार छोडेर खाडी जानुपर्ने बाध्यता विद्यमान रहेको भन्दै उनले अब मन र मत बदलेर अगाडि बढ्ने समय आएको बताए । उम्मेदवार केसी सहितको टोली मंगलबार पोखरा–११ अन्तर्गत काहूँ, फूलबारी, रानीपौवालगायतका ठाउँका मतदाता भेट्न पुगेको थियो । बुधबार पोखरा–१५ मा घरदैलो कार्यक्रम गरिने पार्टीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका