Samacharpati
साेमबार, मंसिर २३, २०७६
  • होमपेज
  • पोखरा महानगरपालिका ९ मा मतदाता भेट्दै उम्मेदवार पौडेल

पोखरा महानगरपालिका ९ मा मतदाता भेट्दै उम्मेदवार पौडेल

पोखरा महानगरपालिका ९ मा मतदाता भेट्दै उम्मेदवार पौडेल

पाेखरा, ३ मङ्सिर । कास्की क्षेत्र नं २ मा हुने उपनिर्वाचनका लागि प्रतिनिधिसभा सदस्यका उम्मेदवार खेमराज पौडेलले आज पोखरा महानगरपालिका–९ का मतदातालाई भेट्नुभएको छ । बिहानैदेखि नेता तथा कार्यकर्ताका साथ भोट माग्दै घरदैलोमा पुग्नुभएका पौडेलले पोखरा क्षेत्रमा देखिएका हरेक समस्याको समाधानमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने बताउनुभयो ।

आफूले राजनीति थाल्दादेखि नै यहाँका हरेक सुखदुःखमा साथ दिँदै आएको बताउँदै उहाँले प्रतिनिधिसभा सदस्यका रूपमा सेवा गर्ने अवसर दिन रुख चिह्नमा मतदान गरिदिन आग्रह गर्नुभयो ।

काङ्ग्रेसले ११ वटै वडामा चुनाव प्रचारप्रसारका कार्यक्रम सञ्चालन गरिहेको र आज दिनभर पोखरा महानगरपालिका वडा नं ९ र १७ मा उम्मेदवारसहित घरदैलो तथा कोणसभा गर्ने चुनाव प्रचारप्रसार समितिले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका