Samacharpati
आइतबार, मंसिर २२, २०७६
  • होमपेज
  • चाउथेमा मृगौला रोग पिडितलाई प्रगतिशील युवा क्लबले सहयोग रकम हस्तान्तरण

चाउथेमा मृगौला रोग पिडितलाई प्रगतिशील युवा क्लबले सहयोग रकम हस्तान्तरण

चाउथेमा मृगौला रोग पिडितलाई प्रगतिशील युवा क्लबले सहयोग रकम हस्तान्तरण

पोखरा, १ मङ्सिर । पोखरा चाउथे प्रगतिटोलका मृगौला रोगबाट ग्रसित शान्तकाशी गुरुङलाई सहयोग रकम हस्तान्तरण गरिएको छ । स्थानीय प्रगतिशील युवा क्लब र प्रगतिशील आमा समुहले गुरुङलाई क्रमश १५ हजार पाच सय ५५ र ५ हजार रुपैया सहयोग गरेको हो ।

प्रगतिशील युवा क्लबका अध्यक्ष्ँ अजय क्षेत्रीले तिहारमा क्लब देउसी र भैलो खेलेर उठाएको रकममध्ये केही रकम पिडितलाई हस्तान्तरण गरिएको बताएका छन् ।

आर्थिक अवस्था कमजोर रहेको गुरुङ २ बर्षदेखि यो रोगबाट ग्रसित छन । उनको दुवै मृगौलाले काम गर्न छाडेको र डाइलासिस गर्नुपर्ने अवास्थामा पुगिसकेको श्रीमान शेर बहादुर गुरुङले बताए ।

उनका अनुसार आर्थिक अवास्था कमजाेर रहेकाे र पैसाकाे अभाव भएकाेले गुरुङले   श्रीमतीलाई थप उपचारका लागि काठमाडौ लान नसकिएको कुरा बताए । शेर बहादुर पोखराको निर्माणधीन अन्तराष्ट्रिय विमानास्थलमा मजदुरको रुपमा काम गर्छन ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका