Samacharpati
बुधबार, माघ ८, २०७६
  • होमपेज
  • नेवाः पत्रकार दबूको अध्यक्षमा सुरजवीर

नेवाः पत्रकार दबूको अध्यक्षमा सुरजवीर

नेवाः पत्रकार दबूको अध्यक्षमा सुरजवीर

काठमाडौँ, १ मङ्सिर ।   नेवाः पत्रकार राष्ट्रिय दबूको अध्यक्ष पदमा सुरजवीर बज्राचार्य चयन हुनुभएको छ । नेवाः पत्रकारहरुको साझा मञ्च दबूको शनिबार सम्पन्न तेस्रो महाधिवेशनले बज्राचार्यलाई सर्वसम्मतिले अध्यक्षमा चयन गरेको हो । नृपेन्द्रलाल श्रेष्ठ, रचना श्रेष्ठ र संदीप श्रेष्ठ नयाँ केन्द्रीय कमिटीको उपाध्यक्ष छानिनुभएको छ ।

नयाँ केन्द्रीय कमिटीको महासचिव सुनील महर्जन, सचिव केके मानन्धर, सहसचिव राजु नापित र प्रेरणा शाक्य, कोषाध्यक्ष सुरेन्द्रभक्त श्रेष्ठ र सहकोषाध्यक्ष बाबुकाजी साछेँ श्रेष्ठ हुनुहुन्छ । सदस्यहरुमा नवीन जोशी, विजयराम कमाचार्य, भाइकाजी महर्जन, विराजकाजी राजोपाध्याय, प्रजित शाक्य, पूर्णभक्त दुवाल, अनुप प्रधान, तेज नारायण महर्जन, विगेन तुलाधर र श्याम तण्डुकार हुनुहन्छ ।

त्यसैगरी, महिला सदस्यहरुमा हसना लवजु, रुबी श्रेष्ठ, सुनिता महर्जन, मीना बज्राचार्य, अनिता डंगोल र नीशा श्रेष्ठ हुनुहुन्छ । प्रदेश नं १ को संयोजकमा भोजराज श्रेष्ठ र प्रदेश नं ४ को संयोजकमा उत्तम श्रेष्ठ चयन हुनुभएको छ भने निर्वतमान अध्यक्ष श्रीकृष्ण महर्जन सल्लाहकार मनोनीत हुनुभएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका