Samacharpati
आइतबार, मंसिर २९, २०७६
  • होमपेज
  • अन्तराष्ट्रिय च्यालेञ्जकाे दोश्रो दिन नेपालको प्रदर्शन निराशाजनक

अन्तराष्ट्रिय च्यालेञ्जकाे दोश्रो दिन नेपालको प्रदर्शन निराशाजनक

अन्तराष्ट्रिय च्यालेञ्जकाे दोश्रो दिन नेपालको प्रदर्शन निराशाजनक

काठमान्डाैँ, २९ कार्तिक ।अन्तराष्ट्रिय च्यालेञ्जहरुले योनेक्स सनराईज नेपाल अन्तराष्ट्रिय च्यालेञ्ज २०१९ को दोश्रो दिन बिहिबार नेपाली दर्शकलाई खुशीयाली प्रदान गर्न सकेनन् । पहिलो दिन जित निकालेर आशाको दीयो बालेका दिपेश धामी र बिष्णु कटुवालले दोश्रो दिन उक्त लयलाई कायम राख्न सकेनन् । बिष्णु कोरियाका यु जिन सोन संग २३­–२१, २१–१७ ले पराजित हुन पुगे । यस्तै दिपेशले पनि आफ्नो लयलाई समात्न सकेनन् । उनी भियतनामका खेलाडी साव सुङ्ग फामसंग २१–१३, १७–२१, २१–४ ले पराजित हुन पुगे । फाम यस च्याम्पियनसिपमा छैटौं वरियता प्राप्त खेलाडी हुन् ।

यस्तै अघिल्लो दिन वाकओभर प्राप्त गर्दै दोश्रो चरण प्रवेश गरेका नविन श्रेष्ठ दोश्रो दिन निकैनै प्रतिस्पर्धात्मक खेलमा भारतका सहर्ष मोहनलाई जित सुम्पन बाध्य भए । पहिलो सेट २९–२७ मा हराएर नेपाली दर्शकलाई उत्साहित बनाएका नविन दोश्रो र तेश्रो सेटमा २१–१८, २१–१८ को समान अन्तरले पराजित हुन पुगे । यसैगरि हारलाई आत्मसाथ गर्ने क्रममा महिला एकलमा सिता राई थाईल्याण्डकी खेलाडी पोर्नतिप बुरानाप्रसेर्तुक संग २१–३, २१–४ ले पराजित भईन् । अधिल्लो दिन सिता भुटानकी फुन्सटो चोदेन थिङ्गलाई २१–१८, २१–१७ ले पराजित गर्दै दोश्रो चरण प्रवेश गरेकी थिईन् । यसैगरि अघिल्लो दिन भुटानकी संझना गुरुङ्गलाई २१–६, २१–१२ ले पराजित गर्दै दोश्रो चरण प्रवेश गरेकी निता लम्साल दोश्रो चरणमा भारतकी मुग्धा आग्रेसंग २१–४, २१–११ ले पराजित हुन पुगिन् ।

पुरुष युगल तर्फ पनि नेपाली खेलाडीहरु पछाडी परे । जीवन आचार्य र सुनिल जोशीको जोडी जापानका सोतारो ईनामित्सु र रिकी ताकेईको जोडी संग २१–१०, २१–११ले, दिपेश धामी र रत्नजित तामाङ्गको जोडी थाईल्याण्डका रत्तनपाक अपथङ्ग र नान्थाकर्न योर्दफाईसोङ्ग संग २१–१२, २१–११ले, विजित थापा मगर र बिष्णु कटुवालको जोडी कोरियाका ना सुङ्ग सिउङ्ग र वाङ्ग छानको जोडी संग २१–१२, २१–११ ले तथा बिकास श्रेष्ठ र नविन श्रेष्ठको जोडी अष्ट्रेलियाका सिमोन विङ्ग हाङ्ग ल्युङ्ग र मिचेल ह्विलरको जोडी संग २१–१२, २१–१४ ले पराजित भए ।

मिश्रीत युगलमा पनि नेपाली खेलाडरुको प्रदर्शन राम्रो रहन सकेन । रत्नजित र अनुमाया राईको जोडी कोरियाका वाङ्ग छान र सिउङ्ग मिन किमको जोडीसंग २१–१६, २१–८ ले पराजित भए । यस्तै विकास राई र सिता राईको जोडीले पनि पराजयको निरन्तरतालाई रोक्न सकेनन् । श्रेष्ठ र राईको जोडीले भारतका बि. सुमिथ रेड्डी र कुहु गर्गको जोडी संग २१–१४, २१–१२ हार ब्यहोरे । यस्तै विजित थापा मगर र पुजा श्रेष्ठको जोडी पनि अष्ट्रेलियाका सिमोन विङ्ग हाङ्ग लिउङ्ग र ग्रोन्या सोमरभिलसंग २१ – १६, २१–८ ले पराजित भए । यसका साथै नेपाली खेलाडीहरुको च्यालेञ्जमा प्रतिस्पर्धा समाप्त भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका