Samacharpati
शुक्रबार, मंसिर २०, २०७६
  • होमपेज
  • कुस्ती प्रतियोगिताको उपाधि भारतका बप्पी पहलवानलाई

कुस्ती प्रतियोगिताको उपाधि भारतका बप्पी पहलवानलाई

  • रासस
  • बुधबार, कार्तिक २७, २०७६
कुस्ती प्रतियोगिताको उपाधि भारतका बप्पी पहलवानलाई

नवलपरासी, २७ कात्तिक । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५स्थित ठाढी घाटमा मङ्गलबार आयोजित अन्तरराष्ट्रिय कुस्ती प्रतियोगिताको उपाधि भारतका बप्पी पहलवानले हात पार्नुभएको छ । प्रथम पुरस्कारका लागि भएको सो प्रतियोगितामा भारतकै आरबिन्द पहलवानलाई बप्पीले हराउनुभएको थियो । त्यस्तै द्धितीय पुरस्कारका लागि भएको प्रतिस्पर्धामा भारतकै शमशेर पहलवान (वनारस)ले (विष्णु पहलवान गोरखपुर)लाई हराउनुभएको थियो । तृतीय पुरस्कार भने दुई कुस्तीबाजले प्राप्त गरेका थिए ।

भारतकै पवन पहलवान हाटा र गोल्डेन पहलवान कमासी बीच भएको प्रतिष्पर्धा बराबर हुँदा दुवैलाई संयुक्त विजेता घोषित गरिएको थियो । उक्त प्रतियोगितामा नेपाल र भारतका गरी कूल २९ जोडीले प्रतिष्पर्धा गरेका थिए । प्रतियोगिताको उद्घाटन नवलपरासी ९बर्दघाट सुस्ता पश्चिम० निर्वाचन क्षेत्र नं १ ९ख०का प्रदेशसभा सदस्य अजयबहादुर शाहीले गर्नुभएको थियो । ठाडीघाटमा कार्तिक पूर्णिमाको अवसरमा हरेक वर्ष सो प्रतियोगिता हुँदै आएको र त्यसमा नेपाल र भारतका कुस्तीबाजले सहभागिता जनाउँदै आएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका