Samacharpati
बुधबार, फाल्गुन ७, २०७६
  • होमपेज
  • सुनसरी कोशी कटान क्षेत्रमा दुर्घटनमा परि एकको मृत्यु

सुनसरी कोशी कटान क्षेत्रमा दुर्घटनमा परि एकको मृत्यु

  • रासस
  • बुधबार, कार्तिक २७, २०७६
सुनसरी कोशी कटान क्षेत्रमा दुर्घटनमा परि एकको मृत्यु

इनरुवा, २७ कात्तिक। सुनसरीको कोशी गाउँपालिका–४ कोशी कटान क्षेत्रमा मङ्गलबार भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा झापा पृथ्वीनगर–४ का २९ वर्षीय दिपेश मुखिया रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

स१झ २६८ नंको गाडीले को३०प ५३०१ नंको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिँदा दुर्घटना भएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल पछाडि सवार मुखियाको उपचारका क्रममा जिल्ला अस्पताल इनरुवामा मृत्यु भएको सुनसरीका प्रहरी उपरीक्षक यज्ञविनोद पोखरेलले जानकारी दिनुभयो ।

दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक दमक–१० का ३० वर्षीय योगेशकुमार धिमालको विराटनगरमा उपचार भइरहेको छ । ठक्कर दिने गाडी र चालक नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका