Samacharpati
आइतबार, मंसिर २९, २०७६
  • होमपेज
  • तीन लाख ६० हजार नगदसहित जुवाडे पक्राउ

तीन लाख ६० हजार नगदसहित जुवाडे पक्राउ

  • रासस
  • बुधबार, कार्तिक २७, २०७६
तीन लाख ६० हजार नगदसहित जुवाडे पक्राउ

काठमाडौँ, २७ कात्तिक । नेपाल प्रहरीले नागार्जुनबाट रु तीन लाख ६० हजार नगदसहित १० जुवाडे पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त स्वयम्भूको टोलीले नागार्जुन नगरपालिका–३ इचङ्गुनारायणमा कौडा खेलिरहेको अवस्थामा मङ्गलबार राति उनीहरुलाई पक्राउ गरेको हो ।

वृत्तका प्रमुख, प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले ठूलो रकम हारजित हुने गरी कौडा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको जानकारी दिनुभयो । पक्राउ परेकासँग प्रहरीले तीन लाख ६० हजार नगद र १६ थान कौडा बरामद गरेको वृत्तले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका