Samacharpati
शुक्रबार, मंसिर २०, २०७६
  • होमपेज
  • गाउँको बृत्तचित्र हेरेपछि ३ लाख सहयोग

गाउँको बृत्तचित्र हेरेपछि ३ लाख सहयोग

गाउँको बृत्तचित्र हेरेपछि ३ लाख सहयोग

पोखरा, २६ कार्तिक । पञ्चकोशी आर्थर डाँडाखर्क समाज पोखराले तयार पारेको आँफ्नो गाउँको पहिचान झल्काउने बृत्तचित्र प्रर्दशनबाट हङकङमा शंकलन भएको रकम मंगलबार एक कार्यक्रमबीच समाजलाई हस्तान्तरण गरिएको छ । पर्वत स्थित आर्थर डाँडाखर्कका ऐतिहासिक र लोपोन्मूख संस्कृति झल्काउने गरी तयार पारिएको उक्त बृत्तचित्र हङकङमा विशेष प्रर्दशन गरिएको थियो ।

बृत्तचित्र प्रर्दशनपछि स्वतस्फूर्त रुपमा शंकलन भएको नगद रु ३ लाख मंगलबार पोखरास्थित समाजघरमा आयोजित कार्यक्रममा हस्तान्तरण गरिएको हो । हङकङबाट हालै नेपाल आएका रोशन गुरुङ (महादेव) ले समाजका अध्यक्ष सव ईन्सपेक्टर कमल गुरुङलाई हस्तान्तरण गरेका छन् ।

रकम हस्तान्तरण गर्दै गुरुङले समाजले गरेको कार्यले नयाँ पुस्तालाई आफ्नो जन्मथलो एवं गाउँको वास्तविकता, कला संस्कृति अवगत गराउन सघाउ पुगेको बताए । हङकङका विभिन्न ठाउँमा बृत्तचित्र प्रर्दशन पछि हङकङमा रहेका नेपालीहरुबाट उक्त रकम शंकलन गरिएको उनले जानकारी दिए । रकम ग्रहण गर्दै समाजका अध्यक्ष स.ई कमल गुरुङले रकमको सही रुपमा सदुपयोग गर्ने बताए ।

सो अवसरमा समाजका पूर्व अध्यक्ष क्याप्टेन लालबहादुर गुरुङ, कार्यसमितिका गान्धी गुरुङ, सल्लाहकार शेर बहादुर गुरुङ लगायत समाजका अन्य पदाधिकारीहरुको उल्लेख्य सहभागिता थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका