Samacharpati
आइतबार, मंसिर २९, २०७६
  • होमपेज
  • कार्तिक ३० गते कलाकार तथा गायक गायिका बीच दौड प्रतियोगिता हुँने

कार्तिक ३० गते कलाकार तथा गायक गायिका बीच दौड प्रतियोगिता हुँने

कार्तिक ३० गते कलाकार तथा गायक गायिका बीच दौड प्रतियोगिता हुँने

काठमाडौँ,  २६ कार्तिक  । नेपाल चलचित्र कलाकार संघ र कान्ति सास्कृतिक केन्द्रको संयुक्त आयोजनामा वातावारणीय स्वच्छताको लागि चलचित्र कलाकार, मोडल, गायक गायिका बीच ३ किलोमिटर सडक दौड प्रतियोगिता हुने भएको छ । कार्तिक ३० गते शनिबार प्रहरी तालिम केन्द्र महाराजगंज आगाडी बाट सुरु भई लाजिम्पाट पुगेर पुन: सोहि स्थानमा समापन हुने कुरा आयोजक सस्थाले जानकारी गराएको छ । भिजिट नेपाल २०२० लाइ समेत मध्यनजर गर्दै वातावारणीय स्वच्छताको लागि  कार्यक्रम आयोजना गरिएको हो ।

प्रतियोगितामा बिजेताहरुलाई नगद सहित अन्य पुरस्कार समेत प्रदान गरिने छ भने समाजमा बिशिष्ट योगदान पुर्याउने व्यक्तित्वहरुलाई सम्मान समेत गरिने भएको छ । उक्त प्रतियोगितामा सम्पूर्ण चलचित्रकर्मी, कलाकार, गायक गायिका तथा संचारकर्मीलाइ सहभागिताको लागि चलचित्र कलाकार संघका अध्यक्ष रबिन्द्र खड्काले आव्हान समेत गरेका छन् । यस कार्यक्रमलाई रिभेल ईभेण्ट्सले ब्यबस्थापनको जिम्मा लिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका