Samacharpati
शनिबार, मंसिर २८, २०७६
  • होमपेज
  • राष्ट्रिय खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधि एञ्जिला पुस्तक पसललाई

राष्ट्रिय खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधि एञ्जिला पुस्तक पसललाई

  • रासस
  • मंगलबार, कार्तिक २६, २०७६
राष्ट्रिय खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधि एञ्जिला पुस्तक पसललाई

अछाम, २६ कात्तिक । साँफेबगरमा सम्पन्न जिल्लाकै सर्वाधिक धनराशिको राष्ट्रिय खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधि एन्जिला पुस्तक पसलले हात पारेको छ ।

फाइनलमा साँफेबगर नगरपालिका प्रमुख प्रशासकीय अधिकृतको टिमलाई पराजित गर्दै एञ्जिलाले उपाधि उचालेको हो । उपाधि उचालेसँगै एञ्जिला पुस्तक पसलले रु एक लाख ७५ हजार नगद पुरुस्कारसहित कप, मेडल, ट्रफ्री र प्रमाणपत्र हात पारेको छ ।

दोस्रो भएको साँफेबगर नगरपालिका प्रमुख प्रशासकीय अधिकृतको टिमले नगद रु एक लाख पुरस्कार हात पारेको छ । तेस्रो भएको साँफेबगर नगरपालिका–१३ बाब्लाले रु ५० हजार पुरस्कार पाएको छ । कात्तिक २२ गतेबाट शुरु भएको प्रतियोगितामा विभिन्न १० वटा भलिबल टिमको सहभागिता थियो ।

प्रतियोगिताको समापनमा पुरस्कार वितरण गर्दै राष्ट्रियसभा सदस्य शेरबहादुर कुँवरले मोफसलमा हुने यस्ता प्रतियोगीताले खेल क्षेत्रको विकासमा ठूलो योगदान पुग्ने बताउनुभयो । यस्ता प्रतियोगिताको लागि स्थानीय सरकारले पनि जोड दिनुपर्नेमा कुँवरको जोड थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका